logo

श्री चित्रगुप्त अतिथि सदनको नव निर्मित भवन उद्घाटन

      11/6/2019 गते 00 00 मा प्रकाशित     2199   पटक पढिएको

बीरगंज २० कार्तिक ।
वीरगन्ज महानगरपालिकाको वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदनको नव निर्मित भवनको एक कार्यक्रमको वीच बुधबार उद्घाटन गरिएको छ ।

 

 पर्सा क्षेत्र नम्बर २ का सांसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको  उद्घाटन गर्नु भयो । उदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक भवनको निर्माणको साथै सामुदायिक हित, शिक्षा र समाजिक कुरुतीको बिरुद्ध  जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

 

सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सबा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिनु भयो ।

 

प्राध्यापक डा.कुलानन्द लालदास श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

 


 कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट संसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.