logo

साइवर अपराध सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

      11/19/2019 गते 00 00 मा प्रकाशित     2038   पटक पढिएको

बीरगंज ३ मंसीर । साइवर अपराध बाट हुने क्षती त्यसबाट बच्ने उपायका बिषयमा बीरगंजमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

बिर्ता सिथत त्रिजुद्ध माविको सभाकक्षमा भएको कार्यक्रममा ५ सय छात्रहहरुको सहभागिता रहेको थियो । कार्यक्रममा किशोरीहरुको शारीरीक बिकासमा आउने परिर्वतनका बिषयमा पनि छलफल भएको थियो ।

 

किशोरी अवस्थामा हुने रजस्वला र त्यसका कारण हुने संक्रमणबाट कसरी बच्ने भन्ने बिषयमा किशोरीहरुलाई डा.प्रिति यादव डा.दीप्ति यादवले जानकारी दिनु भएको थियो । त्यसै गरि साईबर अपराधका बिषयमा  वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी गराउनु भएको थियो ।

 

आजको युग भनेको ईन्टरनेटको युग भएकोले यसलाई आवश्कता अनुसार प्रयोग गर्दा राम्रो हुने अन्यथा अपराध हुने  पनेरुले बताउनु भयो ।

 

उहाँले अश्लील फोटो , भिडियो मेसेज , शेयर गरे साईबरयो अपराध हुने  बताउनु भयो ।  अपरिचित व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत कुराहरु शेयर नगर्ने , अरुको फोटो र भिडियोहरु अनुमतिबिना डाउनलोड गर्न नहुने ,  शेयर गरे साईबर अपराध ढहरिने भएकोले त्यस्तो कार्य नगर्ने र गरे नजिक रहेको प्रहरी कार्यालयमा वा १००आ डायल गरि जानकारी गराउन सुझाव दिनु भयो । 


         जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको सभापतित्वमा र  बीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईंको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा त्रिजुध्द माबी का प्रधानाध्यापक हरेन्द्र पटेल , बीरगंज युवा समाजका सल्लाहकार  मार्टिन मोक्तान ,मुनलाईट माबी का सुलभ केसी ,   कुम्हालटोल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्रका प्रहरीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।कार्यक्रम सन्चालन सन्चारकर्मी एवं बीरगंज युवा समाजका सचीव हेमन्त तामाङले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.