logo

पक्राउ परेका गढीमाई व्यावस्थापन समितिका उपाध्यक्ष रिहा

      12/5/2019 गते 00 00 मा प्रकाशित     1074   पटक पढिएको

वीरगन्ज, १९ मंसिर । बाराको बरियारपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेलामा बलि दिईएका बोका राँगाको सिनो व्यावस्थापनमा लापरवाही गरेपछि बारा प्रहरीले पक्राउ गरेका गढीमाईमेलाको बलि व्यावस्थापन उपसमितिका उपाध्यक्ष विरेन्द्र साह रिहा भएका छन् । गढीमाईमा बली दिईएको राँगाको टाउको र सिनो समयमा व्यवस्थान नगरी लापरवाही गरेको भन्दै बारा प्रहरीले बली व्यवस्थापन उपसमितिका पदाधीकारी विरेन्द्र साहलाई हिजो पक्राउ गरेको थियो ।

अस्ती बिहान बली दिईएको राँगाको टाउको र आन्द्रा भुँडी व्यवस्थापन नगरी मेला स्थलबाट सम्पर्कबिहीन भएपछि समितिका पदाधिकारीलाई घरबाटै नियन्त्रणमा लिन बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले प्रहरीलाई निर्देशन दिनु भएको थियो । मोबाईलको फोन स्वीच अफ गरेर अस्ती मंगलबार साँझदेखि नै गढीमाई मेला व्यवस्थापन मुल समितिका पदाधिकारी मेला स्थलको कार्यालय समेत बन्द गरी सम्पर्कबिहीन भएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा समितिको कार्यालयमा पुगेका सुरक्षाकर्मी पनि लामो समय सम्म कार्यालय बाहिर बसेका थिए । समितिको कार्यालय नै बन्द गरेर पदाधिकारी सम्पर्क्बिहीन बनेपछि उनीहरुको घर–घरमै प्रहरी खटाउनु परेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।  बली व्यवस्थापन उपसमितिका उपाध्यक्ष विरेन्द्र साहलाई हिजो अपरान्ह मेला स्थलबाटै प्रहरीले नियन्त्रणमा लिईएको थियो ।

मेला व्यवस्थापनमा भएका कमी कमजोरीलाई सुधार्नुको सट्टा बली दिईएको २४ घण्टामा वितिसकेपनि हिजो अपराह्न सम्म सिनो व्यवस्थापन नगरेपछि दुर्गन्धित भएर मेलामा रोगको संक्रमण फैलिने चिन्ता भएपछि यसप्रति समिति स्वयम जिम्मेवार बनाउनलाई पनि प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । उहाँले हिजो नियन्त्रणमा लिएको बलि तथा सिनो व्यावस्थापन उपसमितिका उपाध्यक्ष साहलाई हिजै व्यावस्थापन चुस्त दुरुस्त राख्ने प्रतिबद्धता सहित छाडिएको बताउनुभयो ।

काम गर्ने जिम्मेवारी लिएर समितिमा बस्ने र कामै नगर्ने समिति कारबाहीको भागिदार रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई थियो । समितिका पदाधीकारी सम्पर्क्बिहीन भएपछि रंगशालामा बली व्यवस्थापन गर्न नगर प्रहरी, नगरपालिकाका कुचीकार र नगरपालिको डोजर समेत खटाएको उहाँले जानकारी दिनुभयो । सिनो व्यवस्थापन नगर्ने र गैरजिम्मेवार समितिका पदाधिकारीलाई कारबाही गर्न प्रमुख जिल्ल अधिकारी समक्ष आग्रह गर्नुभयो ।

सिनो व्यवस्थापन गर्न पशु क्वारेन्टाईन डिभिजन कार्यालय वीरञ्जका प्रमुख डा. हरेराम यादवको नेतृत्वमा चिकित्सक टोली मेला स्थलमा खटिएका छन् । बलि दिईएको दिनदेखि नै खटिएको चिकित्सक टोली बली व्यवस्थापन र मुल समितिकै पदाधिकारीलाई मेला स्थलमा नभेटेपछि सहयोगको लागि प्रजिअलाई गुहारेका थिए । त्यसपछि मेला स्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पोखरेलले सिनो व्यवस्थापन नगर्ने समिति माथि कारवाही स्वरुप नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो । त्यसपछि भने मेलाको सिनो व्यावस्थापनमा सरोकारवालाहरुले सक्रियता देखाएका छन् ।

अहिले पनि बली दिईएको स्थान गढीमाई मन्दिरको पूर्वतर्फको रंगशालामा पशु क्वारेण्टाईन कार्यालय वीरगन्जका प्रमुख डाक्टर हरेन्द्र यादवको नेतृत्वमा पशुप्राविधिकहरु सहितको टोली व्यावस्थापनमा खटिएका छन् । बली दिईएको सिनो व्यावस्थापनका लागि चुना छर्किने, डोजरले खाल्डो खनेर पुर्ने काम भईरहेको पशु क्वारेण्टाईन डिभिजन  प्रमुख डाक्टर यादवले जानकारी दिनु्भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.