logo

अनुगमनमा ब्यवसायीको अवरोध, नागरिक स्वास्थ्यको ख्याल राख्न मंचको आग्रह

      12/23/2019 गते 00 00 मा प्रकाशित     1180   पटक पढिएको

बीरगंज ७ पुष  । 
महानगरपालिकाको अनुगमन टोलीलाई बीरगंजको मुर्लीचोकमा ब्यवसायीहरुले अवरोध सृजना गरेका छन ।बीरगंज महानगरपालिका कार्यालयको तर्फबाट उपमेयर शान्ति कार्कीको नेतृत्वमा खाद्य प्रयोगशाला प्रमुख बिपिनलाल दास , बाणिज्य कार्यालय प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीलाई स्थानीय ब्यवसायीहरुले अवरोध सृजना गर्नुका साथै दूब्र्यवहार समेत गरेका छन ।


अनुगमन टोलीले फूटपाथमा खुला रुपमा मासु तथा माछा बिक्री नियन्त्रणकालागि अनुगमन शुरु गरेको थियो ।

 

आज कार्यलय समय पछि अचानक अनुगमन गर्न निस्केका थियौ खाद्यप्रयोगशाला प्रमुख बिपिनलाल दासले भन्नु भयो“अफिस समय पछि अनुगन आउदैन भन्ने परेको कुरालाई तोडन पनि कार्यालय समयपछि अनुगनमा निस्केका थियौ ब्यवसायीहरुले अवरोध गर्नु भयो ।


बीरगंजको मुर्लीचोकमा सटर भन्दा बाहिर सडकमा झूण्डयाएर मासु बिक्रिी भइरहेकोमा अनुगमन टोलीले मासु बिक्रीमा रोक लगाएर नियनत्रणमा लिदा बिवाद भएको थियो ।

 

ब्यवसायीहरुको तर्फबाट अनुगनटोलीका सदस्यमाथि हातपात समेत भएको थियो । अनुगन टोलीसंगै प्रहरी भएको र प्रहरीले बेलैमा थप मद्धत परिचालन गरेर  टोलीका सदस्यहरु सुरक्षा दिइएको थियो ।

 

मासु बिक्रेताले भने पसल संचालन गरेकै दिनमा अनुगन टोलीले मासु नियन्त्रण लिएर पूर्वाग्राही ब्यवहार देखाएको आरोप लगाएका छन ।

 

तर अनुगन टोलीले त्यस्तो पूर्वाग्रह नराखिएको स्पष्ट पारेको छ । बीरगंज महानगरपालिकाले सडक पेटी तथा फूटपाथमा खुला रुपमा माछा मासुको बिक्रीमा प्रतिवन्त्र लगाएको छ । प्रतिवन्धका सन्र्दमा महानगरले सूचना प्रकाशन गरेको माइकिङ गराएको छ ।

 

ब्यवसायीहरुलाई बोलार अन्तरक्रिया गरेको छ तैपनि खुला ठाउमा माछा मासुको बिक्री भने भइरहेको छ ।

 

यस्तो महानगरलाई पूर्वाग्रह भन्नु उचित नहुने दासले बताउनु भयो । मलाई त प्रहरी साथीहरुले जोगाउनु भयो उहाँले भन्नु भयो टारगेटमा मै थिए तर जो जो अवरोधमा आउनु भयो उहाँहरुपनि उपभोक्ता नै हो उहाँहरुले आफूलाई उपचोक्ताको ठाउमा राखेर हेरेको दिनमा समस्य समाधान हुने दासको बिश्वास छ ।


यसैवीच उपभोक्त हित संरक्षण मंच प्रदेश दुईका अध्यक्ष के.सी.लामिछानेले अनुगमनका क्रममा बीरगंजको मुर्लीमा भएको घटना प्रति मंचको ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले एक बिज्ञप्ति जारी गर्दै अनुगमनका बिषयमा स्थानीय ब्यवसायीले उठाएका बिषयहरुलाई स्पष्ट पार्नकालागि घटनाको साङ्गो पाङगो छानविन गर्न माँग गर्नु भएको छ ।

स्वस्थकर माछा मासुको बिक्री बितरणको अवस्था निर्माण उपभोत्ता हित संरक्षण मंचको समेत माँग रहेको स्मरण गराउन चाहन्छौ बिज्ञप्तिमा भनिएको छ ।

 

उपभोक्ताको स्वास्थ्यको हितको ख्याल राखेर शुरु गरिएको अनुगमनको काममा असहयोगल गर्ने र अझ कानून हातमा लिएर अवरोध सृजना गर्ने र अनुगनमा संलग्न अधिकारीहरुमाथि कुटपीट हुनु आफैमा दुःखद रहेको  बिज्ञप्तिमा उललेख छ ।

 

उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले माछा मासु ब्यवसायीसंघ, महानगर जिल्ला प्रहरी र जिल्ला प्शासन कार्यालय पर्सालाई खुला ठाउमा बिक्री भइरहेको माछा मासुको ब्यपार नियन्त्रण नगरेर नागरिक स्वाथ्यसंग खेलवाड गरिरहेकोले रोकी पाउ भनेर सम्मानीत उच्च अदालत बीरगंजमा  रिट दिएको छ

 

। सोही रिटमा सम्मानीत अदालतले निषेधज्ञा मात्र आदेश गरेको छैन पुष २ गते पनि पत्र लेखेर बीरगंज महानगरपालिकालाई ताकेता गरेको छ ।

 

खुला तथा फूटपाथमा माछा मासुको बिक्री कानूनी हिसावले पनि दण्डनीय रहेको छ । यस्तोमा ब्यवसायीहरुले आफनो पेशालाई नागरिक स्वास्थ्यको हित अनुकुल बनााउन उपभोक्ता हित संरक्षण मंच आग्रह गर्दछ भनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.