logo

तराईमा शीतलहरको कहर

पुष्टि गरेर मात्रै समाचार लेख्न पर्साका प्रमुख जिल्ला अधिकारी बस्नेतको आग्रह 

      12/29/2019 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

वीरगन्ज, १३ पुस । पुष १ गते मंगलबारदेखि शुरु भएको शीतलहर अहिले तराईका जनताको लागि कहर बनेको छ । लगातारको शीतलहरले अहिले तराईको जनजीवन प्रभावित बनेको छ । विपन्न गरिब, तथा मजदुर, विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई शीतलरसँगै बढेको चिसोले बढी प्रभावित बनाएको छ ।

यसबीचमा दुईदिन घाम लागेपनि फेरी शीतलहर निरन्तर चलिरहेको छ । शीतलहरका कारण अत्यधिक चिसोले जनजीवन प्रभावित भएको हो । शीतलहरको बीचमा केही व्यक्तिहरुको मृत्यु भएको समाचारहरु आएपनि त्यसको पुष्टि भने हुन सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शीतलहरले जनजीवन प्रभावित भएको बताउदै त्यस्तो कुनै दुखद घटनाहरु अहिले सम्म जानकारीमा नआएको बताए ।

उनले केही सञ्चार माध्यमहरुमा शीतलहरले मृत्यु भएको भन्ने खबरहरु आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै त्यस्ता घटनाहरुको जानकारी जिल्ला विपद व्यावस्थापन समितिमा नआए सम्म र सम्बन्धित निकायले पुष्टि नगरेसम्म हचुवाको भरमा समाचार सम्प्रेषण नर्गन समेत आग्रह गरेका छन् ।

उनले भने, “शीतलहरले प्रभाव त पारेकै छ । त्यस्तो नराम्रो खबरहरु केही आएको छैन । स्थानीय तह र सुरक्षा निकायले चोक चोकमा आगो बाल्ने काम गरिरहेको छ । स्थानीय तह र संघ संस्थाहरुले न्यानो कपडाहरु वितरण भईरहेको छ । विद्यालयहरु बन्द छ । शीतलहरले मृत्यु भएको खबर लेख्ने मिडियाहरुले नसोधी आफ्नै हिसाबले समाचार लेख्ने हो भने आफै पुष्टि गर्नुपर्छ । मलाई प्रमाण चाहिन्छ । प्रमाण विना भ्रामक समाचारहरु लेख्न भएन । प्रमाण छ भने, कहाँबाट पुष्टि भएको हो त्यो पुष्टि सहित लेख्नुप¥यो ।”

स्थानीय विपद व्यावस्थापन समितिसँग  छ । जिल्ला विपद व्यावस्थापन समिति छ । सुरक्षा संयन्त्र पनि छ । स्थानीय सरकार छ ।  स्थानीय विपद व्यावस्थापन समितिहरु सचेत भएर लागेकै छौं । विपद व्यावस्थापन समितिको जुन संयन्त्रहरु छ त्यहाँबाट आधिकारिक रुपमा आएको छैन । आधिकारिक रुपमा पुष्टि नभई आफैले पुष्टि गरेर लेखेको समाचारहरुमा भने प्रमाण सहित उल्लेख गर्न प्रमुख जिल्ला अधिकारी बस्नेतले आग्रह गरेका छन् ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.