logo

पत्रकार महासंघ पर्साले कसैलाई सदस्यताबाट बञ्चित नगरेको प्रष्टोत्ति

      1/21/2020 गते 00 00 मा प्रकाशित     1268   पटक पढिएको


वीरगञ्ज ७ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी र भ्रममा कोहि पनि नपर्न आग्रह समेत गरेको छ ।

सदस्यता नदिएको भन्दै आएको विविध खाले आरोप प्रति आपति जनाउँदै  महासंघको नयाँ सदस्यताका लागी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको २०७६ मंसिर २ गते गोरखामा बसेको संगठनात्मक बैठकले सदस्यता फारम खोली रहनु नपर्ने प्रस्ट रुपमा भनिएपनी नेपाल पत्रकार महासंघ पर्सा शाखामा हालसम्म नयाँ सदस्यताका लागी कुनैपनी निवेदन नआएकोले क्रियाशिल पत्रकारहरुलाई बिधानले दिएको मापदण्ड भित्र रहि फारम भर्न आग्रह गरेको छ ।

आजैको मितीदेखी महासंघको कार्यालयमा नयाँ सदस्यतालिन चाहने व्यक्ति स्वयमले २०७६ माघ ११ गतेभीत्र नेपाल पत्रकार महासंघको सभाहलमा निवेदन बुझाउन समय सीमा तोकेको छ । केन्द्रीय कमिटिको विधानले निर्दिष्ट गरेको प्रमाण सहित निवेदकले रु ५ सय रुपैयाँ सहित महासंघको कार्यलयमा निवेदन दिन र यसका लागी कार्यसमिति सदस्य जियालाल साहलाई जिम्मेवारी दिइएको छ ।


यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको २३ औँ सधारण सभामा प्रस्तुत प्रतिवेदन माथि आएको केही असन्तुष्टि विषय माथि गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा औल्याइएको सुझावलाई छलफल गर्दा सहयोगी दाताले दिएको सहयोग नेपाल पत्रकार महासंघको भवन निर्माणमा खर्चिएको देखिएको छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा कार्यसमिति प्रति केही विषयमा पुर्वाग्राही समेत देखिएकाले विधि सम्वत कार्य गर्ने निर्णय गरिएको छ । साथै औंल्याईका सुझावलाई कार्य समितीले कार्यन्वयनमा ल्याएको र उठेका नगद एवं जिन्सी अनियमितता नभएको ठहर समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न बैठकमा उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, सह सचिव आर के पटेल, कोषाध्यक्ष भुषण यादव सदस्यहरु संजिव मिश्रा, सफल खतिवडा, जियालाल साह, मनोज पटेल, अमित अग्रवाल, सुष्मा शर्मा, प्रणय साह, पुष्पराज तिमलशिना लगायतको उपस्थिति रहेको थियो । बैठकले यसअघि गठन भएको सदस्यता नविकरण ,शुद्धिकरण एवं सिफारिस समितीलाई थप जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.