logo

पहिचान स्थापित गर्न राजनीतिक शक्ति निर्माणको आवश्यक : मन्त्री सोनल 

प्रदेश २ ल्होसारमय 

      1/25/2020 गते 00 00 मा प्रकाशित     2134   पटक पढिएको

वीरगन्ज, १२ माघ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पहिचान स्थापित गर्न राजनीतिक शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । तामाङ समुदायको २८५६ औं सोनाम ल्होसारको अवसरमा हिजो वीरगन्जको गौतम स्कुलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सोनलले नाचगान र खानपिनले मात्रै पहिचान स्थापित नहुने भन्दै राजनीतिक चेत हुन पनि आवश्यक रहेको बताउनुभयो  ।

उहाँले राजनीतिक स्थान नपाउदा मुलुकका आदिवासी जनजाति समुदायलाई राज्य देखाएर अहिले पहिचान मेटाईदिएको आरोप लगाउनुभयो । तासी साङ थर्वा्लिङ बौध्द गुम्बा समिति वीरगन्जका अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश २ का बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे, शिक्षासेवी प्राध्यापक डा. दिपक शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का ईन्चार्ज निरज पिठाकोटे, जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम लामा, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  
 

हिजो प्रदेश नम्बर २ को आठ वटै जिल्लामा पनि तामाङ समुदायको बहुल्यता रहेको स्थानमा सोनाम ल्होसार मनाईएको छ । प्रदेश नम्बर २ अन्तर्गत पर्साको ठोरी, वीरगन्ज, बाराको डुमरवाना, निजगढ, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी, सिराहाको धनगढी, सप्तरी लगायतका स्थानहरुमा तामाङ समुदायले ल्होसार नयाँबर्ष मनाएका हुन् । वीरगन्जमा पनि हिजो बिहान घण्टाघरबाट  तामाङ भेषभूषा र झाँकी सहितको ¥याली निकालिएको थियो । उक्त ¥याली भिस्वा डाँडाको गुम्बामा पुगी पूजा पाठ गरेको थियो । त्यसपछि दिउँसो २ बजे गौतम माध्यामिक विद्यालयको प्रांगणमा सांस्कृतिक कार्यक्रम गरिएको आयोजक तासी साङ थर्वालिङ्ग गुम्बा भिस्वाले जनाएको छ । 

यसैगरि तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्ष , पर्सा जिल्लाको तामाङ समूदायको वाहुल्य रहेको अन्य विभिन्न ठाउँमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पर्साको तामाङ समूदायको बाहुल्य रहेको ठोरी गाउँपालिकाको ठोरी, निर्मलवस्ती, गुम्वालाइन, घ्याङडाँडा लगायतका स्थानमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरि ल्होछार पर्व मनाइएको हो  ।

नेपाल तामाङ घेदुङको आयोजनामा ठोरी गाउँपालिका २ को हनुमाननगरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि तामाङ समूदायले सामूहिक रुपमा ल्होछार पर्व मनाएका हुन् ।तामाङ समूदायको बाक्लो उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा तामाङ समूदायका युवायुवतीहरु तामाङ भेषभूषामा सजिएर सहभागी भएका थिए ।लामा गुरुहरुबाट पुजापाठ सहित प्रसाद ग्रहण पछि बृहत् सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

तामाङ गीतसंगीतमा तामाङ भेषभूषामा सजिएर कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ अगुवा एवं वडाध्यक्ष किशोर तामाङले ल्होछार पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने बताउनुभयो ।ठोरी ४ को निर्मलबस्तीमा पनि हिजो बृहत् सांस्कृतिक कार्यक्रम तथा खुल्ला नृत्य प्रतियोगिताको आयोजन गरिएको नेपाल तामाड घेदुङ पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिनुभयो ।

यस्तै ठोरी गाँउपालिकाको वडा नम्बर ४  गोपीबस्तीमा पनि हिजो गोपी बस्ती सांझ २ को आयोजना गरिएको थियो । आज माघ १२ गते ठोरी ५ को सुवर्णपुरमा र १३ गते घ्याङडाँडामा बृहत् सांस्कृतिक कार्यक्रमो आयोजना गरिने अध्यक्ष पाख्रीनले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.