logo

सुन्दर सावित्री स्मृति संस्थाद्वारा खेलाडी तथा , पत्रकार सम्मानित

      1/28/2020 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

वीरगंज १४ माघ ।
सुन्दर सावित्री स्मृति संस्था वीरगंजले चौथो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाद्वारा वीरगंज महानगरपालिका वडा नं. १५ भिषूवा डाडामा आयोजित चौथो भगवान बुद्ध पुजा–अर्चना तथा सम्मान कार्यक्रममा भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया लगायत साग खेल २०१९ का पदक विजेताहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

 

चौरसियलाई रु १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । स्थानिय भोजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकोमा चौरसियालाई पुरस्कृत तथा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।


संस्थाकी अध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा  जेष्ठ नागरिक पशुपति बिक्रम शाहले  संस्थाले बिगतका समय देखि सामाजिक, संस्कृतिक, धार्मिक क्षेत्रमा सक्रिय रुपमा विभिन्न कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्नु भयो । भ्रमण वर्ष २०२० चलि रहेको अवस्थामा पर्सा जिल्लामा रहेका घडिअर्वा पोखरी, भिषूवा  डाँडा, शंकराचार्य गेट, घण्टाघर लगायतका धार्मिक पर्यटकिय स्थलहरुलाई विश्व सम्पदा सूचिमा प्रवेश गराउन सरकार सँग माग गर्नु भएको थियो ।


भगवान कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, वीरगंज बौद्ध समितिका अध्यक्ष विरहर्ष साक्य, संस्थाका उपाध्यक्ष रमेश कुमार गोर्खाली लगायतकाले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
स्व. सुन्दर बहादुर गोर्खाली र स्व. सावित्री देवी गोर्खालीको स्मृतिमा विगत चार बर्ष देखि संस्थाले एक जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गर्दै आएकोमा यस वर्ष पत्रकार चौरसियालाई सम्मान गरेको हो ।
त्यसैगरी सोही समारोहमा साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सरोज यादव, सुमिर कुमार साह लगायतकालाई समेत नगद सहित सम्मान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.