logo

सुन्दर सावित्री स्मृति संस्थाद्वारा खेलाडी तथा , पत्रकार सम्मानित

      1/28/2020 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

वीरगंज १४ माघ ।
सुन्दर सावित्री स्मृति संस्था वीरगंजले चौथो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाद्वारा वीरगंज महानगरपालिका वडा नं. १५ भिषूवा डाडामा आयोजित चौथो भगवान बुद्ध पुजा–अर्चना तथा सम्मान कार्यक्रममा भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया लगायत साग खेल २०१९ का पदक विजेताहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

 

चौरसियलाई रु १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । स्थानिय भोजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकोमा चौरसियालाई पुरस्कृत तथा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।


संस्थाकी अध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा  जेष्ठ नागरिक पशुपति बिक्रम शाहले  संस्थाले बिगतका समय देखि सामाजिक, संस्कृतिक, धार्मिक क्षेत्रमा सक्रिय रुपमा विभिन्न कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्नु भयो । भ्रमण वर्ष २०२० चलि रहेको अवस्थामा पर्सा जिल्लामा रहेका घडिअर्वा पोखरी, भिषूवा  डाँडा, शंकराचार्य गेट, घण्टाघर लगायतका धार्मिक पर्यटकिय स्थलहरुलाई विश्व सम्पदा सूचिमा प्रवेश गराउन सरकार सँग माग गर्नु भएको थियो ।


भगवान कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, वीरगंज बौद्ध समितिका अध्यक्ष विरहर्ष साक्य, संस्थाका उपाध्यक्ष रमेश कुमार गोर्खाली लगायतकाले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
स्व. सुन्दर बहादुर गोर्खाली र स्व. सावित्री देवी गोर्खालीको स्मृतिमा विगत चार बर्ष देखि संस्थाले एक जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गर्दै आएकोमा यस वर्ष पत्रकार चौरसियालाई सम्मान गरेको हो ।
त्यसैगरी सोही समारोहमा साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सरोज यादव, सुमिर कुमार साह लगायतकालाई समेत नगद सहित सम्मान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.