logo

वालबिवाह गराउने तीन जना गिरफ्तार , सूचना दिन जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोध

 इसीमाना सम्वाददाता     २०७८ असार ३० गते ०८: १० मा प्रकाशित     716   पटक पढिएको

१७ वर्षिया बालिकाको बिवाह गराएको आरोपमा प्रहरीले तीन जनालाई असार ३०मा गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा 


    जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं ५ बेलहिया पनटोका बस्ने महेश सहनी तथा पकाहामैनपुर गाउँपालिका वडा नं .१ धोरे बस्ने ठग सहनी तथा पकाहामैनपुर गाउँपालिका वडा नं .१ धोरे बस्ने वर्ष २४ को दुलाह विशाल सहनीलाई गिरफ्तार गरेको हो ।

 

 उनीहरुको बिवाह २०७८ असार  १७ गते  धोरेस्थित भुटनदेवी मन्दिरमा भएको थियो । वाल विवाह गर्ने तथा गराउने बिरुद्ध परेको उजुरीको आधारमा उनीहरुलाई गिरफ्तार गरि आवश्यक अनुसन्धानकोलागि पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई न्यायीक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

 मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा  उनीहरु बिरुद्ध अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनु भयो । 


    पर्सा जिल्लाका विभिन्न भागमा २० वर्ष पूरा नभएका युवायुवतीले यस किसिमको वालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी प्रहरीमा आएको उहाँले बताउनु भयो ।

 

उहाँले  वालविाह सम्बन्धमा  कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै वालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाउनुहुने सबैलाई तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.