logo

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बीरगंजमा बिभिन्न कार्यक्रम सम्पन्न 

 इसीमाना सम्वाददाता     २०७८ सावन २८ गते ०४: ४३ मा प्रकाशित     773   पटक पढिएको

“खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवस वीरगञ्जमा पनि मनाइएको छ ।

 

युवालय, दिब्य युवा क्लब, चाइल्ड हब नेपाल, युवा वचन, हण्ड्रेड ग्रुप्स, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा, एनसिई लगायतका संघ संस्थाहरुको सहकार्यमा दिवस मनाइएको हो । 

 


दिवसको अवसरमा ‘युवा व्यवस्थापनको आधार, शिक्षा र रोजगार’ विषयक वक्तृत्वकला प्रतियोगिता र प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । 


वीरगञ्जको घण्टाघरबाट  शुरु भएको प्रभातफेरी वीरगञ्जको माइस्थान हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

एनजिओसिसि पर्साका अध्यक्ष इब्राहिम देवानको सभापतित्वमा भएको कार्यक्रममा बुधवार सम्पन्न वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम सूर्यनारायण वि.क. द्वितिय सुनिल न्यौपाने, तृतिय राहुल पटेल र गङ्गा श्रेष्ठले शान्तवना स्थान हाँसिल गरेका थिए । २५ जना प्रतिस्पर्धीहरु सहभागि रहेको कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो ।  
प्रतियोगितामा डा. सुष्मा तिवारी द्विवेदी, डा. दिपेन्द्र कुमार चौधरी र ओमप्रका सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

 

पुरस्कार वितरण समारोहमा ओमप्रकाश सर्राफ सामाजिक अभियानता प्रकाश थारु, एनजिओसिसिका कोषाध्यक्ष बिनोद यादव, चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारी, हण्ड्रेड ग्रुपका अध्यक्ष बिनय गिरी, एनसिईका महासचिब रामप्रवेश कुश्वाह लगायतको उपस्थिति रहेको थियो ।  


युवा बचनका अध्यक्ष किशु सर्राफले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिती सदस्य जया साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.