logo

मर्यादित श्रम र पर्यटनको लागि सहकारीका बिषयमा अन्तरक्रिया सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ सावन २९ गते ०७: ३६ मा प्रकाशित     625   पटक पढिएको

बीरगंज /

मर्यादित श्रम र पर्यटनको लागि सहकारी भन्ने मुल नाराका साथ आज जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना र क्लार्क रिर्सोट बीरगंजको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका वरिष्ठ उपाध्यक्ष असगर अलीको अध्यक्षता  कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा  नेफ्सकुन केन्द्रीय संचालक तथा फिल्ड कार्यालय बीरगंजका संयोजक हरेराम पटेलले २ वर्ष देखिको कोरोना भाइरसको संक्रमणका कारण सहकारी र पर्यटन क्षेत्रमा नराम्रो असर परेको बताउनु भयो ।

 

उहाँले  अब यसलाई उभो लगाउन सबैले हातेमालो गर्नु पर्ने धारणा राख्नु भयो । सहकारी संस्थालाई संस्थागत विकास गर्न संघको ठूलो भुमिका रहनु पर्नेमा उहाँको जोड थियो ।

 

बेला बेला सहकारीकर्मीहरुको अवस्था संघले बुझ्ने प्रयास गर्नु पर्ने र धारासाही बन्न लागेको सहकारीहरु अब  मर्जा गरेर जानु पर्नेमा वक्ताहरुले जोड दिएका छन ।

 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निर्वतमान संचालक शम्भु गुप्ता राष्ट्रिय सहकारी बैंकका फिल्ड संयोजक बृजेश गुप्ता सहकारी मेनेजर  क्लब पर्साका अध्यक्ष चन्देश्वर प्रसाद चौरासीया लेखा सुपरिवेक्षण समिति संयोजक राजेन्द्र प्रसाद जैसवाल ,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध रवि श्रीवास्तव,राष्ट्रिय सहकारी बैंक शाखा कार्यालयका संजय कुमार महतो ठाराब क्याम्पसका सुरेश कुशवाहा लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

 

कार्यक्रम स्वागत मन्तब्य जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य एवम् विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव कुन्दन पालले गर्नु भएको सो कार्यक्रमको सहजिकरण मेनेजर क्लबका महासचिव जिष्णु बरालले गर्नु भएको थियो ।क्लार्क रिसोर्टका मेनेजर राजेश रन्जनलाई संघले मायाको चिनोले सम्मानित गरेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.