logo

पर्यटकीय गन्तब्य पोखराको प्रचारमा गण्डकी सरकार ,पर्यटन सम्बन्धी मस्यौदा बनाईरहेको मंत्री शर्माद्वारा खुलासा

 इसीमाना सम्वाददाता     २०७८ भदौ १७ गते ०५: ३८ मा प्रकाशित     747   पटक पढिएको

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र  शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।

आन्तरिक पर्यटन प्रर्वद्धनको उद्धेश्य राखेर बीरगंज भ्रमणमा आएको मंत्री शर्माको टोलीले बीरगंज उधोग बाणिज्यसंघमा आयोजना गरिएको स्वागत कार्यक्रममा यस्तो जानकारी दिनु भएको हो ।  

 

आन्तरिक पर्यटनको विकास र प्रबद्र्धनको लागि प्रदेश सरकारले भर्खरै पर्यटन सम्बन्धी नीति र कानूनको मस्यौदा तयार गरेको र त्यसमा अरु विशेष कुराहरु के के थप्ने भन्ने बारेमा सरोकारवालाहरुसँग सुझाव माँग गरिएको जानकारी दिनु भयो  ।

 

मन्त्री शर्माले सङ्घीय सरकारको समन्वयमा पर्यटन व्यवसायीमैत्री कानून बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले पर्यटन क्षेत्र नेपालको प्रमुख आय आर्जनका स्रोत भएकोले यसको उन्नयनबाट राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण हुने भएकोले हाम्रा साझा भूमिका यस तर्फ हुनुपर्ने धारणा राख्नुभयो । 

 


बुद्ध एयरका सञ्चालक परासर जङ्ग पाण्डेले आउने २÷३ महिनाभित्रै हवाई यात्रा सोचेको भन्दा भाडा दर कम हुने र पर्यटकहरुको लागि ल्याइएको प्याकेज रकम पनि कमी आउने बताउँदै आगामी दिनमा गुणस्तरीय सेवाहरु प्रदान गर्ने बताउनुभयो । 


नेपाल उद्योग वाणिज्य महासङ्घ–प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकीय गन्तब्य बिकासमा तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु  भयो ।

 

उहाँले प्रदेश २ मा पर्यटकीय गन्तब्यकालागि अझै काम गर्न बाँकी रहेको बताउनु भयो । पर्यटक किन आउने भन्ने प्रश्नको उत्तरको खोजीमा लाग्न उहाँले सुझाव दिनु भयो । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, उद्योग, व्यापार, व्यवसाय प्रबद्र्धनको क्षेत्रमा खर्चिरहेको ऊर्जा बारे चर्चा गनुृ भयो ।

 

अध्यक्ष गुप्ताले मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरले करिब एक÷डेढ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको कुरा बताउनुहुँदै सङ्घले प्रदेश नं. २ मा रहेका पर्यटकीय क्षेत्रको प्रबद्र्धन र विकास गर्दै आएको र यस क्षेत्रले बोकेको पर्यटनको सम्भावनालाई संघले बहसमा ल्याएको जनाउनु भयो । 


सोही क्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट सेन्टरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष गोपी बहादुर भट्टराई, नाटा पोखराका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिराम अधिकारी लगायतले पर्यटन प्रबद्र्धनका सम्बन्धमा भाडा दर, पर्यटन तथा यातायातका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।


 होटल तथा पर्यटन समितिका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह–सचिव अनोज रुँगटाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.