logo

पश्चिमी प्रभावका कारण हिन्दुधर्म संकटमा परेको छः महानगर प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ भदौ १७ गते ००: ०० मा प्रकाशित     739   पटक पढिएको

 आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।

        दाताहरुको सहयोगमा उपलब्ध गराईएको करिब २४ धुर जग्गामा दाताहरुको ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण सम्पन्न भएको हो । 

        छात्रावासको भवनमै आयोजना गरिएको समारोहमा भवन तथा जनजाति कल्याण आश्रम, नेपालको केन्द्रीय कार्यालयको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक  सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

        उद्घाटन समारोहलाई सम्बोधन प्रमुख  सरावगीले पश्चिमीहरुको प्रभावले गर्दा नेपालको मुलधर्म संस्कृति संकटमा पर्न थालेको आरोप लगाउँनु भयो । उहााले ईसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृति माथि ठाडो  प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्ने बताउनु भयो ।’

        सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताए । उनले वीरगन्ज महानगरपालिकाबाट सहयोग गर्न नसकेपनि आउँने दिनमा व्यक्तिगत रुपमा पनि यस्ता पून्यकार्यको लागि योगदान पु¥याउँने प्रतिबद्धता जनाए ।

        कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलूले छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा संचालन हुदै आएको बताए । उनले गुरुकुल मार्फत छात्रछात्रालाई वेद तथा रामायाणको बारेमा शिक्षा प्रदान गरि असल व्यक्तिको निर्माण गर्ने काम हुने गरेको बताए ।

        अहिले पनि छात्रावासको माध्यमले गरिब तथा विपन्न परिवारको बालबालिकालाई शिक्षा प्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम गरिन्छ । उनले भने, छात्रावासबाट शिक्षादिक्षा प्राप्त गरी असल व्यक्ति निर्माण भएपनि त्यहि व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका छन ।

        जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत जनजाति समुदाय मध्ये केहि प्रभावित जनजातिहरुलाई मुल प्रभावमा ल्याउँने काम गरीरहेको बताए । उनले, दुई दशक अगाडि वीरगन्जबाट शुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाडा रहेका संयौं बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको बताए ।

        शिक्षाको साथ विकट जिल्लामा पिछिडिएका व्यक्तिको उत्थानको लागि पनि विशेष योगदान पु¥याउँदै आएका छौ, उनले भने, जनजातिहरुलाई ईसाईहरुले लक्षित गरेर करोडौ अर्बो रुपमा लगानी गरेर हाम्रो समाजबाट अलग गर्ने प्रयास गरेका छन । उनले  समाजलाई बचाउँनको लागि छात्रावास सगै जनजाती कल्याण आश्रमबाट योगदान पु¥याउँन र ईसाईहरुले फैलाउँदै आएको भ्रमलाई चिर्ने काम पनि गर्दै आएको बताए ।

        आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको सहभागिता रहेको थियो ।


      

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.