logo

नेपाल भारत प्रवेशद्वार नीजि सवारी साधनकालागि पनि खुल्यो, पर्यटन ब्यवसायी उत्साहित

 इसीमाना सम्वाददाता     २०७८ असोज १५ गते ०२: २३ मा प्रकाशित     715   पटक पढिएको

कोरोना कहरको पहिलो निषेधाज्ञा संगै बन्द रहेको नेपाल भारतको सीमा नाकाहरु शुक्रवार देखी पूर्ण रुपमा खुलेका छन । असोज ५ गते बसेको मंत्रीपरिष्दाको बैठकले नाका खोल्ने निर्णय गरेको थियो । मंत्री परिषदको निर्णय संगै शुक्रवारबाट नाकामा भारतीय नीजि सवारी साधनहरुको आवागमन पनि खुलेको छ ।  

नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जबाट शुक्रबार बिहान भारतीय निजी सवारी भित्रिएसँगै औपचारिक रुपमा सीमा नाका सञ्चालनमा आएको हो । भारतीय नीजि सवारी मार्फत नेपाल भित्रिएका भारतीय यात्रुलाई नेपाल तर्फबाट शंकराचार्य प्रवेशद्वारामा भब्य स्वागत गरिएको थियो । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी ,होटेल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हरिपन्त सहितका ब्यक्तिहरुले भारतीय यात्रुलाई स्वागत गरेका थिए । भारतीय नीजि सवारी साधनको आवागमन संगै ओइलाएको बीरगंजको पर्यटन ब्यवसायले गती लिने संघका अध्यक्ष पन्तले बिश्वास ब्यक्त गरे । होटेल तथा पर्यटन ब्यवसायी संघले यो भन्दा अगाडि देखी नै भारतीय नीजि सवारी साधनको आवागमनको माँग गर्दै आएका थिए । 

कोभिड महामारीका कारण गएको करिब २ वर्षदेखि नाकाबाट अत्यावश्यक मालसामान बोकेका बाहेक निजी भारतीय सवारी साधन आवतजावत बन्द थियो ।

भारतीय निजी सवारीबाट नेपाल प्रवेश गर्ने यात्रुले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता भने राख्नु पर्ने छ । जसमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट, कोभिड खोप लिएको प्रमाण, नेपालमा होटल बुकिङ गरेको कागजात  भएमात्रै भन्सार कार्यालयले अस्थायी प्रवेश अनुमति पास दिने  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.