logo

कोभिडकालमा सामाजिक योगदान गर्नेहरु बीरगंज कलेजद्वारा सम्मानीत, सम्मानले उत्साहित बनाएको छः चौगाई

 इसीमाना सम्वाददाता     २०७८ असोज १८ गते ०४: ५३ मा प्रकाशित     653   पटक पढिएको

२०७७ चैत ११ गते मुलुकभर निषेधज्ञा जारी भयो ।  कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको थियो । श्रम गरेर बाँच्ने नेपालीहरुको दैनीकी निकै संकटमा परेको थियो ।

 

स्थानीय सरकार र समाजका केही ब्यक्तिहरु गरीब निमुखाहरुको बिहान बेलुकीको छाक टार्नकालागि राहतको ब्यवस्थापन र बितरणमा लागेका थिए । निषेधाज्ञाका कारण मान्छेको दैनीक घरका चार पर्खाल भित्र सीमित हुन पुगेको थियो । यस्तो महामारीको बेलामा बीरगंजका सडकमा भोजन बिहिन अवस्थामा रहेका पशुहरुलाई भोजनको ब्यवस्थापनको बिडो उठाएका थिए ।

 

बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई र उनको टिमले । पशुको मात्र होइन मान्छेकालागि पनि खानाको ब्यवस्थापनमा खटेको चौगाईको टोलीले महामारीको बेलामा उत्कृष्टा मानवता प्रर्दशन ग¥यो । उनी सम्झिन्छन सबै कोरोना महामारीको प्रभावमा थियौ बोल्ने मान्छेहरुकोलागि खानको ब्यवस्था मुश्किलले हुन्थ्यो त्यस्तो बेलामा बोल्न नसक्ने घर पालुवा तर सडकमा छोडिएका जनावरहरुको  अवस्था झनै कहालीलाग्दो देखिए पछि हामीले पशु खास गरेर कुकुरकालागि खानाको ब्यवस्था गर्यौ ।

 

बीरगंज कलेजले त्यही योगदानको स्मरण गर्दै चौगाईलाई सोमवार बीरगंजमा सम्मान गर्यो । सम्मान पाएपछि खुशी भएका चौगाईले आफनो सामाजिक संजाल फेसबुकमा कोभिड १९ को महामारीमा भोकभोकै भौँतारिरहेका कुकुरसहित अन्य पशु र गरिब, विपन्न परिवारलाई केही छाक भएपनि भोजनको व्यवस्था गरियो ।आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर गरीरहने छु ।

 

सम्मानका लागि वीरगञ्ज कलेज परिवारलाई हार्दिक आभार र मसँगै सम्मानित हुने सबैलाई हार्दिक बधाई ।भनेर लेखेका छन । कर्म गर्दै जाँदा पाउने सम्मानले खुशी हुनु त स्वभाविक नै छ तर त्यसले अझै राम्रो गर्न प्रोत्साहित गर्ने चौगाईको बुझाई छ ।

 

कलेजले अर्का ब्यक्ति ओमप्रकाश सर्राफलाई सम्मान गरेको छ ।  वीरगञ्ज कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनीहरुलाई सम्मानीत गरिएको हो। 

 

कोभिड १९ बाट प्रभावित भएकाहरुलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर गरिब विपन्न परिवारलाई राहत वितरण, मास्क वितरण, भोजन वितरणसहितका काममा सर्राफको सहभागिता रहेको थियो । 


सो अवसरमा  दलित सशक्तिकरणमा योगदान दिएको भन्दै पत्रकार बृजलाल पासवानलाई पनि सम्मानित गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.