logo

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०३: ४७ मा प्रकाशित     877   पटक पढिएको

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ ।

 

बुधवबार वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिति गठन भएको समितिका सचिव डा. चन्दन बेनर्जीले जानकारी दिए । 


ब्यवसायि संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास अर्का सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन् ।

 

त्यसै गरी सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा. गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार रहेका छन् । 


नेपालमा लखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए ।

 

राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले जनाए । संगठित भएपछि अल्पसंख्यको रुपमा आफुहरुको पहिचान, भाषा र संस्कृतिको जगेर्नामा मद्दत मिल्ने बैठकका सहभागिहरुको प्रतिक्रिया थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.