logo

पर्सामा अनुगमन जाग्यो ,खुला ठाउमा बिक्री भइरहेको मासु जफत,अन्य कारवाही पनि हुने

      3/22/2020 गते 00 00 मा प्रकाशित     1065   पटक पढिएको


बीरगंज ९ चैत । बीरगंज महानगरपालिका भित्र खुला स्थानमा विक्री वितरण गरेको माछामासु अनुगमन टोलीले जफत गरेको छ ।

 

जनकपुर उच्च अदालतको अस्थायी इजलाश बीरगंजले समेत खुला स्थानमा माछामासु विक्री वितरण गर्न नदिन परमादेश जारी गर्दा समेत माछामासु व्यवसायीहरुले अटेर गरेर खुला स्थानमै माछामासु विक्री वितरण गरेपछि जिल्लाका सरोकारवाला निकायले अनुगमन शुरु गरेका हुन ।

 

 जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको नेतृत्वमा रहेको अनुगमन टोलीले वीरगन्ज महानगरको मुख्य सडकको छेउछाउमा खुला स्थानमा विक्री गरिएको माछामासु आज जफत गरेको हो ।

 

जिल्ला स्तरीय अनुगमन टोलीले यसअघि माछा मासु व्यवसायीलाई व्यवस्थित गर्न १५ दिनको समयावधि दिएकोमा सो अवधिमा पनि व्यवसायीहरुले व्यवस्थित नगरेपछि आज अनुगमन टोलीले बजारमा अनुगमन गरेको हो । अनुगमनको  क्रममा खुला स्थानमा विक्री गरीरहेको मासु नियन्त्रणमा लिएर जफत गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको नेतृत्वमा रहेको अनुगमन टोलीले मूर्ली, पावरहाउस चोक, अदालत रोड लगायतका स्थानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पटक पटक चेतावनी दिएर पनि अटेर गरेका मासु पसलको मासु जफत गरिएको र यसलाई अझै निरन्तरता दिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, प्रहरी उपरीक्षक गंगा पन्त, महानगरपालिकाका खाद्य अधिकृत विपिनलाल दास, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर २ का अध्यक्ष के.सी .लामिछाने, पशु स्वास्थ्य कार्यालयका डाक्टर रामपरीक्षण साह, वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग, माछामासु व्यवसायी संघका सचिव ग्यासु मियाँ देवान, नगर प्रहरी लगायत सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

 

उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले खुला स्थानमा गरिएको माछा मासु बिक्रीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको र त्यसलाई नियन्त्रण गर्न बीरगंज महानगर पालिकासंग बिभिन्न चरण माँग गर्दा समेत सुनवाई नभएपछि अदालत गुहार्न पुगेको थियो ।

 

मंचले बीरगंज महानगर,जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालय माछा मासु ब्यवसायी संघ र वाणिज्य कार्यालय बीरगंजलाई बिपक्षी बनाएर परमादेश माँग गरेको थियो ।

 

अदालतदले अन्तिम आदेश गर्दै परमादेश जारी गरेको छ । अदालतको आदेशको कार्यान्वयमा तदारुकता नदेखिए र उपभोक्ताले स्वास्थकर माछा मासु उपभोग गर्न नपाउने अवस्था रहिरहे अदालतको अपहेलनाको मुद्धामा जाने मंचका महानगर कमिटीका अध्यक्ष अजित भूजेलले जानकारी दिनु भयो । 

 


अदालतको आदेश कसैको बिरुद्धमा छैन सबैको हितमा छ लागू गर्नु पर्ने निकायहरुले इमान्दारीतापूर्वक लागु गर्नु पर्ने आवश्यकता रहेको छ भूजेलले भन्नु भयो स्थानीय प्रशासनले आदलतको आदेशको सम्मान गर्दै अनुगमन शुरु गरेको हो जस्तो लाग्छ । 


पशुबाटै भाइरस फैलिएको भन्ने धारणा समेत कायम रहेको बेलामा माछा मासु ब्यवसायीलाई स्वस्थकर माछामासुको आपूर्ती गर्न अनुगमनले  मद्धत पुग्ने देखिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.