logo

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई फक्राउ

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २२ गते ०८: २४ मा प्रकाशित     648   पटक पढिएको

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिकाको वडा नं ६ संठीका २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवलाई ०७८ मंसीर २१ गते गिरफ्तार गरेको छ । 

 


स्कूल जादै गरेकी युवतीलाई अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको अरोपमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुले बालिकालाई २० दिन सम्म बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन । पीडित युवतीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे  पटेर्वासुगौली गाउँपालिकाको वडा नं ५  मा रहेको श्री नेपाल राष्ट्रीय माध्यामिक बिद्यालय निचुटामा पढ्न जाने क्रममा बालिकालाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए । 


सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक(पटक बलात्कार गरेको पीडित युवतीले बताएकी छिन्।

 

उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राती डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्ती गर्थे।

 

मंसीर १३ गते अपहरणकारीको चंगुलबाट भाग्न सफल युवती सोही दिन अभिभावक सहित इलाका प्रहरी कार्यालय पोखरियामा पुगेकी थिइन । उनीहरुले पहिला अपहरणको मात्र उजुरी दिएका थिए । पछि मंसीर २१ गते पीडित युवतीले बलात्कारको समेत जाहेरी आफै लिएर गएकी थिइन ।

 

प्रहरीले बलात्कारको जाहेरी लिएपछि  मंसीर २२ गते युवतीको स्वास्थ्य परिक्षणकालागि अस्पताल पठाउदा पीडित बालिकाले नै स्वास्थ्य परिक्षण गराउन नमानेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर दीपक थापाले बताउनु भयो ।

 

युवतीका परिवारजनाले भने स्थानीय रुमा केही नेताहरुको धाक धम्की र प्रलोभनका कारण युवती स्वास्थ्य परिक्षण गर्न अनच्छिुक देखिएको बताएका छन । प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ । स्वस्थ्य परिक्षण नहुदैमा अनुुसन्धान नरोकिने इन्सपेक्टर थापाले बताउनु भयो । गिरफ्तार आरोपीलाई थप अनुसन्धानकोलागि इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.