logo

मानव अधिकार दिवसमा दीप प्रज्वलन, मानव अधिकारको अवस्था चिन्ताजनक रहेको वक्ताहरुको भनाई

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २४ गते ०७: १७ मा प्रकाशित     728   पटक पढिएको

सबै मानव सबै समान भन्ने मुल नाराका साथ यस वर्षको ७३ औ बिश्व मानव अधिकारी दिवस मनाइएको छ । दिवसको अवसरमा बीरगंजको घण्टाघरमा पनि साँझ दीप प्रज्वलन गरिएको छ ।

 

नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने  मानव अधिकारको बिश्वब्यापी घोषणा को पृष्ठभूमीका बारेमा चर्चा गर्नु भएको थियो । मानव अधिकारको रक्षा त्यसको सम्र्वद्धन र प्रर्वद्धन सरकार गम्भिर नभएको समेत उहाँले आरोप लगाउनु भयो ।

 

राष्ट्रीय मानव अधिकार आयोगले समेत राष्ट्रप्रमुख समक्ष बुझाएको प्रतिवेदनले पनि नेपालमा मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको देखाएको छ । न्यायपालिकामा देखिएको बेथितीले निष्पक्ष न्यायको सुगमता नरहेको लामिछानेले बताउनु भयो ।

 

न्यायलयको इन्टग्रीटीमाथि गम्भिर सवाल पैदा भएको चर्चा गर्दै उहाँले मान्छेको अधिकारको रक्षा गर्ने न्यायलय नै समस्यामा रहेको अवस्था मानव अधिकारको अवस्था नाजुक हुनु स्वभाविक रहेको बताउनु भयो। कार्यक्रममा बरिष्ठ अधिवक्ता अधिकारकर्मी दीपराज भण्डारीले मानव अधिकारको बिश्ष्वयापी घोषणा अनुरुपको अधिकारको उपभोगको वतावरण  अहिले सम्म पनि नबनेको प्रति चिन्ता ब्यक्त गर्नु भयो ।

 

मान्छेको स्वाभिमानपूर्ण जीवन बाँच्न पाउने अधिकार भएता पनि त्यो संसारभर अभिभाज्य रहेता पनि मान्छे मान्छे वीचको शोषण र अमानवीय ब्यवहार कायमै रहेको बताउनु भयो । 


नेपाल मानव  अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा पर्साका अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । संगठनको तर्फबाट पत्रकार निरज पिठाकोटे मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

यसैगरि दिवशका अवसरमा एमनेष्टी इन्टरनेशनल समुह १६ ले पनि बीरगंजमा दीप प्रज्वलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले दीप प्रज्वलन गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.