logo

महानगर प्रमुख सरावगीद्वारा विभिन्न क्षेत्रको विकासका लागि आर्थिक सहयोग हस्तान्तरण 

 इसीमाना सम्वाददाता     २०७८ पौष ३ गते ०४: २१ मा प्रकाशित     744   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामाजिक विकासको सहयोगमा निरन्तरता दिनुभएको छ ।

 

 

नगर प्रमुख सरावगी महानगरको प्रमुखमा निर्वाचित भएदेखि नै सामाजिक विकास, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राख्नुभएका नगर प्रमुख सरावगीले लायन्स क्लबको एकलाख अमेरिकी डलर र वीरगंज महानगरको ४७ लाख लगानीमा श्रीपुर बिद्यापीठ माविमा निर्माण हुन लागेको बहुउद्देश्यीय हल निर्माणका लागि महानगर प्रमुख सरावगीले लायन्स क्लबको कार्यक्रममा चेक हस्तान्तरण गर्नुभएको हो ।

 

बहुउद्देश्यीय हल निर्माणका लागि नगर प्रमुख सरावगीले ४७ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । त्यस्तै महानगर प्रमुख सरावगीले गरिब तथा विपन्नहरुको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । महानगरपालिकाको नगर स्तरीय बजेटबाट गरिब बिपन्न ब्यक्तिहरुको अँखाको निःशुल्क शल्यक्रिया गर्नको लागि पाँच लाख रुपैया सहयोग गरेको हो ।

 

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पाँचलाख रुपैंयाको चेक नेपाल नेत्रज्योती संघ पर्सालाई हिजो हस्तान्तरण गर्नुभएको छ । त्यस्तै नगर प्रमुख सरावगीको सेवा सुविधाबाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट पनि चार जना जेहेन्दार तथा बिपन्न छात्रछात्राहरुलाई अध्ययनका लागि सहयोग गर्नुभएको छ ।

 

महानगर प्रमुख सरावगीले (छात्रवृत्ति) स्वरुप चारजनालाई चेक हस्तान्तरण गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ । यसैबीच महानगर प्रमुख विजय कुमार सरावगी शनिबार निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनमा पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

 

 

नगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास नै मुलुको आर्थिक विकासको प्रमुख आधारस्तम्भहरु रहेकोले यी क्षेत्रहरुको विकास अनिवार्य रहेको बताउनुभयो । वीरगन्ज महानगरक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाले हरसम्भव प्रयासरत रहेको र यही क्रममा अहिले सामुदायिक विद्यालयका शिक्षकहरुको पनि सरुवा गरिएको बताउनुभयो ।

 

उहाँले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले केही विकृतिहरु पनि देखिएकोले त्यसको नियन्त्रणमा निजी तथा संस्थागत विद्यालयहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.