logo

पर्सामा एक वर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू सार्वजनीक

 इसीमाना सम्वाददाता     २०७८ पौष ६ गते ११: ३८ मा प्रकाशित     799   पटक पढिएको

पर्सामा एकबर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको समिक्षा गोष्ठिमा सार्वजनिक गरिएको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनाहरूको संख्या अघिल्लो बर्षको भन्दा पनि कम नभएको पाईएको हो ।

इन्सेकले प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तक २०२२ का लागि पर्सामा संकलन गरिएको मानव अधिकार उल्लंघनका घटनाको पुष्टि र पुनर्पुष्टिका लागि आयोजना गरिएको समीक्षा गोष्ठिमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सार्वजनिक गरेको तथ्यांकअनुसार यो बर्षको समीक्षा अवधिमा पर्सामा विभिन्न ७५ वटा मानवअधिकार उल्लंघनका घटनाहरू भएको जानकारी दिनुभयो । त्यसमध्य १८ बर्षभन्दा कम उमेरका बलात्कारका ३७ वटा घटना भएको छ ।

१८ बर्षभन्दा माथिका बलात्कारका ९ वटा, १८ बर्षमाथिका बलात्कारका प्रयास ५ वटा, बालविवाहका घटना ४ वटा भएको इन्सेक प्रतिनिधि लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी बहुविवाह ४ वटा, हत्याका ५ वटा, मानव बेचविखनका ३ वटा, बोक्सीको आरोप २ वटा, कुटपिटको २ वटा घटना भएको छ । त्यस्तै अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दूराचार, र बलात्कारका प्रयासका चारवटा घटना भएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मानवअधिकार उल्लंघनका घटना साझा समस्या भएकोले यसको न्यूनीकरणका लागि पनि साझा प्रयास आवश्यक रहेको बताएका छन् । पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले कानूनको अनभिज्ञता क्ष्म्य नहुने भन्दै सबै मानवले कानूनको जानकारी राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कानून कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकोले कानून कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लंघनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनुभयो ।

इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले यसबर्ष खासगरी १८ बर्ष भन्दा कम उमेर समूहमा मानव अधिकार उल्लंघनका घटना भएको पाईएकोले यसले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाईएको बताउनुभयो । यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाईजोसँग जोडिएर हुने मानव अधिकार उल्लंघटनाका घटनाले समाजमा फैलाईने सचेतनाका कार्यक्रमहरुको प्रभाव कम भएको देखिएको बताउनुभयो ।

जुनसुकै घटना पनि राजनीतिसँग जोडिने भएको हुँदा राजनीतिक तहमा नै यसको न्यूनीकरणको खोजी आवश्यक रहेको वक्ताको भनाई थियो । मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा,नेपाल पत्रकार महासंघका प्रदेश २ महासचिव श्याम बञ्जरा, पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले मानव अधिकारको विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.