logo

स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्न ऐन जारी,जेष्ठ पत्रकारलाई पेन्सनको ब्यवस्था

 इसीमाना सम्वाददाता     २०७८ माघ ३ गते ०८: ४२ मा प्रकाशित     566   पटक पढिएको

वीरगंज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवद्र्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको छ । सो ऐन कार्यान्वयनका सन्दर्भमा आज वीरगंजको होटल मकालुमा भएको सरोकारवालाको छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाले ल्याएको आमसंचार ऐन संचार मैत्री भएको भन्दै सहभागी संचारकर्मी र पत्रकार महासंघका अग्रजहरुले  प्रशंसा गरेका थिए । स्थानीय तह आमसंचार ऐन अरु पालिकाको लागि अनुकरणीय हुने छ ।  

 

वीरगंज महानगरपालिकाले महानगरपालिका भित्र संचालनमा रहेका संचार माध्यमको प्रवद्र्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय संचार माध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र संचार माध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी संचार माध्यमको प्रवद्र्धन तथा विकास कोषको स्थापना गर्ने, पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आउनु भएका ६० बर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने, विपत्तिबाट अप्ठारोमा परेका संचार माध्यमलाई क्षती भएको सामान खरिदका लागि निश्चित अवधी सम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने, पत्रकारको लेखन बृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक बर्ष छात्रावृत्ति दिने लगायतका नीति सहित वीरगंज महानगरपालिका आमसंचार ऐन २०७८ जारी गरेको छ ।

 

गत वर्ष देखि स्थानीय संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरी संचार मैत्री स्थानीय तहको रुपमा काम गरेको वीरगंज महानगरपालिकाले नेपाल मै पहिलो पटक स्थानीय तहले आम संचार ऐन जारी गरेर स्थानीय संचार माध्यमलाई सुविधा दिन सफल भएको छ ।


बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पत्रकारहरुले दिएको सुझाव ऐनमा समेटेर राजपत्रमा प्रकाशन गर्ने बताउनु भयो ।

 

उहाँले पत्रकारिताको गुणात्मक बिकासकालागि ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्दै महानगर आम संचार माध्यमको दीगो बिकासकालागि टेवा पु्र्याउन तयार रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले आम संचार ऐनमा पत्रकार महासंघकका सरोकारका बिषयमा अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

 

अकोर्याबका पूर्व महासचिव एवं बीरगंज महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटाले संचालन गर्नु भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका प्रदेश २ का महासचिव श्याम बन्जारा, बरिष्ठ पत्रकार जगदीश शर्मा, महेश दास , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा पत्रकारहरुले आफनो चासो र सरोकारको बिषयमा ऐन समावेश गर्न माँग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.