logo

नेपाल बिद्यार्थीको संघको सवाल, २० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन ?

 इसीमाना सम्वाददाता     २०७८ माघ ७ गते ०७: २० मा प्रकाशित     847   पटक पढिएको

२० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन भन्दै नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव बिरुद्ध आन्दोलनको मोर्चा कसेको छ ।

 

बीरगंजमा सामुदायीक क्याम्पसको रुपमा संचालीत हरि खेतान बहुमुखी क्याम्पसमा लामो समय देखी नै डा.यादव क्याम्पस प्रमुखको रुपमा रहदै आएका छन । सामुदायिक क्याम्पस भएकै कारण  त्रिभुवन बिश्व बिद्यालय अनुदान आयोगले समेत क्याम्पसलाई अनुदान उपलब्ध गराउदै आएको छ। नेपाल बिद्यार्थी संघले त्यसको खर्च समेत सार्वजनीक गर्न माँग गरेको छ ।

 

आफना माँगहरुको बारेमा क्याम्पस प्रशासनले सुनवाई गरोस भन्दै ईकाई  सभापति मनोज कुमार साहको नेतृत्वमा शुक्रवार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिएका छन्।

माघ ९ गते आइतवार सञ्चालक समितिका  सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक सन्देश पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका ईकाई अध्यक्ष साहले बताए ।

यस्तै, संघले कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षौ बर्षौदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि उनीहरुले  प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको  माग राखेको छ ।


संघले क्याम्पसलाई सामुदायिक क्याम्पसको रुपमा संचालन गर्न समेत माँग गरेको छ । संघले बिद्यार्थीलाई छात्रबृति दिन, कक्षा संचालन नगरि लिएको शुल्क फिर्ता गर्न ,बित्रभूव बिश्वबिद्यालयको जस्तो शुल्क निर्धारण गर्न २० वर्ष देखीको आयाब्यय सार्वजनीक गर्न माँग गरेको छ । 
 धर्नामा संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,दिना गुप्ता, बिटु पटेल,राहुल ठाकुर,सुधन्सु चौरसिया,राहुल चौरसिया सहभागी थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.