logo

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

      4/6/2020 गते 00 00 मा प्रकाशित     2308   पटक पढिएको

सर्लाही  २४ चैत । हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ ।

 

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि नगरपालिकाले कोष खडा गरेर सहयोग गर्न नगरवासीलाई अपिल गरेको छ ।

 

नगरपालिकाको अपिललाई स्वीकार गर्दै नागरिकले कोषमा सहयोग उपलब्ध गराउन थालेका छन । उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का सदस्य निशा हमाल र उभोक्ता हित संरक्षण मंच हरिवन नगर कमिटीका सदस्य अनिल हमालको परिवारले कोषमा आज १५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएको छ । 

 


सामाजिक क्षेत्रमा क्रियाशिल हमाल दम्पतीको पहिचान नै हरिवन नगरपालिकामा समाजसेवीको रुपमा स्थापित छ । हरिवन नगरपालिका वडा नं ११ निवासी हमाल दम्पतीमा समाजिक कामलाई आफनै ठान्ने र अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने भावना प्रवल रहेको छ ।

 

अनिल हमाललाई अधिकतम समय अरुलाई सहयोग गरेको वा सामाजिक क्रियाकलापमा संलग्न भएको अवस्थामा भेटन सकिन्छ । कोषमा जम्माहुने रकम आज दम्पतीले हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम लिदै प्रमुख प्रसाईले नागरिकको सहयोग, नागरिकको हित र  रक्षामा परिचालन हुने बिश्वास दिलाउनु भयो ।

 

उहाँले बिश्वब्यापी संकटको रुपमा आएको कोरोना भाइरसको महामारीसंग जित्न आवश्यक पूर्वाधारको जोहो गर्न नागरिक संग सहयोगकोलागि आपिल गरेको र तदनरुप सहयोग जम्मा हुन थालेको बताउनु भयो ।

 

उहाँले हमाल दम्पतीप्रति धन्यवाद ज्ञापन गर्दै नगरवासीलाई लकडाउनको पालनमा ध्यान दिन समेत अपिल गर्नु भयो ।


त्यसैगरि हमाल दम्पतीले सबैले आफूले सकेको सहयोग उपलक्ध गराउन आग्रह गर्नु भयो । सबै मिलेर काम गर्न सक्दा सफलता मिल्ने बताउदै उहाँहरुले कोरोना भाइरसको संक्रमण नियन्यत्रणकालागि सबैको सहयोगी भूमिका आवश्यक रहेको बताउनु भयो ।

 


नगरपालिकाले हरिवनमा रहेको नेपाल बैंक लिमिटेडको बैक खाता नम्बर १३२०३००००००००५००४००१ मा सहयोग राशी जम्मा गर्न सकिने गरि ब्यवस्था मिलाएको छ । बैंक तथा बित्तिय संस्था बन्द हुने अवस्थामा इसेवा मार्फत पनि सहयोग राशी जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.