logo

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

      4/6/2020 गते 00 00 मा प्रकाशित     2170   पटक पढिएको

सर्लाही  २४ चैत । हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ ।

 

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि नगरपालिकाले कोष खडा गरेर सहयोग गर्न नगरवासीलाई अपिल गरेको छ ।

 

नगरपालिकाको अपिललाई स्वीकार गर्दै नागरिकले कोषमा सहयोग उपलब्ध गराउन थालेका छन । उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का सदस्य निशा हमाल र उभोक्ता हित संरक्षण मंच हरिवन नगर कमिटीका सदस्य अनिल हमालको परिवारले कोषमा आज १५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएको छ । 

 


सामाजिक क्षेत्रमा क्रियाशिल हमाल दम्पतीको पहिचान नै हरिवन नगरपालिकामा समाजसेवीको रुपमा स्थापित छ । हरिवन नगरपालिका वडा नं ११ निवासी हमाल दम्पतीमा समाजिक कामलाई आफनै ठान्ने र अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने भावना प्रवल रहेको छ ।

 

अनिल हमाललाई अधिकतम समय अरुलाई सहयोग गरेको वा सामाजिक क्रियाकलापमा संलग्न भएको अवस्थामा भेटन सकिन्छ । कोषमा जम्माहुने रकम आज दम्पतीले हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम लिदै प्रमुख प्रसाईले नागरिकको सहयोग, नागरिकको हित र  रक्षामा परिचालन हुने बिश्वास दिलाउनु भयो ।

 

उहाँले बिश्वब्यापी संकटको रुपमा आएको कोरोना भाइरसको महामारीसंग जित्न आवश्यक पूर्वाधारको जोहो गर्न नागरिक संग सहयोगकोलागि आपिल गरेको र तदनरुप सहयोग जम्मा हुन थालेको बताउनु भयो ।

 

उहाँले हमाल दम्पतीप्रति धन्यवाद ज्ञापन गर्दै नगरवासीलाई लकडाउनको पालनमा ध्यान दिन समेत अपिल गर्नु भयो ।


त्यसैगरि हमाल दम्पतीले सबैले आफूले सकेको सहयोग उपलक्ध गराउन आग्रह गर्नु भयो । सबै मिलेर काम गर्न सक्दा सफलता मिल्ने बताउदै उहाँहरुले कोरोना भाइरसको संक्रमण नियन्यत्रणकालागि सबैको सहयोगी भूमिका आवश्यक रहेको बताउनु भयो ।

 


नगरपालिकाले हरिवनमा रहेको नेपाल बैंक लिमिटेडको बैक खाता नम्बर १३२०३००००००००५००४००१ मा सहयोग राशी जम्मा गर्न सकिने गरि ब्यवस्था मिलाएको छ । बैंक तथा बित्तिय संस्था बन्द हुने अवस्थामा इसेवा मार्फत पनि सहयोग राशी जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.