logo

मधेशका युवाहरु गम्भिर छलफलमा, गुणस्तरीय शिक्षाको कुरा बढी काम कम भएको निष्कर्ष

 इसीमाना सम्वाददाता     २०७८ फागुन ७ गते ०६: ४२ मा प्रकाशित     612   पटक पढिएको

दिगो बिकासको लक्ष्य गुणस्तरीय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेका थियो ।

 

मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा युवाहरुले छलफल गरेका थिए । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए । दक्ष जनशक्तिको अभाव, बनेका नियम कानुनहरु कार्यान्वयन नहुनु, पितृसत्तात्मक सोच, अन्धविश्वास लगायतका प्रवृतिको अन्त्य नहुँदसम्म गुणस्तरीय शिक्षा र लैंगिक समानताले सार्थकता नपाउने सहभागी युवाहरुको धारणा थियो ।

 

सातवटै प्रदेशका युवाहरुलाई समावेश गरेर गुणस्तरीय शिक्षा र लैंगिक समानता सम्बन्धमा सचेत बनाउने र नयाँ पुस्ताको धारणालाई निर्णायक क्षेत्रमा पु¥याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको युवा संस्थाकी कार्यक्रम संयोजक श्रेया श्रेष्ठले बताउनु भयो ।

 

यसअघि ६ वटै प्रदेशमा सम्पन्न भईसकेको कार्यक्रम शनिबार मधेश प्रदेशको वीरगञ्जमा सम्पन्न भएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा र धनुषाका युवाहरुले आ–आफ्नो जिल्ला र गाउँमा गुणस्तरिया शिक्षा र लैंगिक समानतासम्बन्धी विद्यमान चुनौतीहरु प्रस्तुत गरेका थिए ।

 

चुनौतीसँगै ति चुनौतीहरुको समाधानका लागि स्थानीय एवम् प्रदेश सरकारले गरीरहेका पहलहरुको बारेमा पनि युवाहरुले चासो देखाएको संस्थाकी कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।

युवाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको युवाले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउनका लागि कार्यक्रम गरिरहेको संस्थाकी सूचना अधिकारी स्नेहा ताम्राकारले बताउनु भयो ।

 

युवाहरुले प्रस्तुत गरेका चुनौती, समस्या समाधानका लागि भएका पहलहरु र युवाहरुको धारणालाई अब राष्ट्रियस्तरको छलफलमा लिएर बहसको विषय बनाइनेछ । त्याँहाबाट पनि मुख्य प्राथमिकताका विषयहरुलाई अन्तराष्ट्रियस्तरमै लिने ताम्राकारको भनाई छ ।

 

युवा संस्थाले गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र यस्ता कार्यक्रमको निरन्तरताले पछिल्लो पिँढीका युवाहरुमा नेतृत्वदायी भूमिकाको विकास हुने कार्यक्रममा सहभागी सप्तरीकी अर्चना परियारले प्रतिक्रिया दिनु भयो । युवाहरुलाइ जागरुक बनाउनुका साथै सम्बन्धीत निकायलाई प्रश्न सोध्न सक्ने क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम उपलब्धीमुलक भएको छलफलमै सहभागी वीरगञ्जका दिपु वर्णवालले बताउनु भयो ।

 

अरुले गर्ने कार्यक्रमहरुमा महिला तथा पुरुष मात्रै सहभागी हुने गरेपनि यो कार्यक्रममा खुलेरै यौनीक तथा लैङ्गिक अल्पसङ्ख्यकको समेत उपस्थिती हुनुले पनि केही हदसम्म परिवर्तन भएको आभाष युवा संस्थाका आँशु कुमार सर्राफले गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.