logo

नयाँ पर्यटन गन्तव्यको विकासमा तीन तहका सरकारको भूमिका हुनुपर्छः महानगर प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ फागुन १७ गते ०७: ०९ मा प्रकाशित     595   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

 

माहाशिवरात्री र नेपाली सेना दिवसको अवसरमा पर्सा रास्ट्रिय निकुञ्ज आधाभार स्थित नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय साइक्लिङ्ग प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबैभन्दा नजिकको पर्यटकीय स्थल पर्सा राष्ट्रिय निकुञ्ज लगायत आसपासका पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्न सके नेपालको प्रमुख प्रवेशद्वार भएको वीरगन्ज महानगरपालिकाले पनि फाईदा लिन सक्ने बताउनुभयो ।

 

वीरगन्ज भएर नेपाल आउने भारतीय पर्यटकहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको बारेमा पर्याप्त जानकारी गराउन वीरगन्जकै होटलहरुमा राख्न सके यसले वीरगन्जको होटल तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

उहाँले प्राकृतिक मनोरम दृष्य र दुर्लभ वन्यजन्तु पाईने पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेशको कै एउटा नयाँ पर्यटन गन्तव्यको रुपमा रहेकोले स्थानीय तह र प्रदेश सरकारको आपसी समन्वयमा यसलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सके आर्थिक रुपमा लाभ लिन सकिने बताउनुभयो ।

 

उदघाटन कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ लगायतको उपस्थिति रहेको थियो । साईक्लिङ्ग प्रतियोगिताको दूरी ३९ किलोमिटर रहेको आयोजक संस्था नेपाली सेना सिद्धिबक्स गण आधाभारका मेजर कामानसिंह गुरुङले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.