logo

नयाँ पर्यटन गन्तव्यको विकासमा तीन तहका सरकारको भूमिका हुनुपर्छः महानगर प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ फागुन १७ गते ०७: ०९ मा प्रकाशित     696   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पर्यटनको नयाँ गन्तव्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय विकासमा महानगरपालिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

 

माहाशिवरात्री र नेपाली सेना दिवसको अवसरमा पर्सा रास्ट्रिय निकुञ्ज आधाभार स्थित नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय साइक्लिङ्ग प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबैभन्दा नजिकको पर्यटकीय स्थल पर्सा राष्ट्रिय निकुञ्ज लगायत आसपासका पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्न सके नेपालको प्रमुख प्रवेशद्वार भएको वीरगन्ज महानगरपालिकाले पनि फाईदा लिन सक्ने बताउनुभयो ।

 

वीरगन्ज भएर नेपाल आउने भारतीय पर्यटकहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको बारेमा पर्याप्त जानकारी गराउन वीरगन्जकै होटलहरुमा राख्न सके यसले वीरगन्जको होटल तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

उहाँले प्राकृतिक मनोरम दृष्य र दुर्लभ वन्यजन्तु पाईने पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेशको कै एउटा नयाँ पर्यटन गन्तव्यको रुपमा रहेकोले स्थानीय तह र प्रदेश सरकारको आपसी समन्वयमा यसलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सके आर्थिक रुपमा लाभ लिन सकिने बताउनुभयो ।

 

उदघाटन कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ लगायतको उपस्थिति रहेको थियो । साईक्लिङ्ग प्रतियोगिताको दूरी ३९ किलोमिटर रहेको आयोजक संस्था नेपाली सेना सिद्धिबक्स गण आधाभारका मेजर कामानसिंह गुरुङले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.