logo

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सव सम्मन्न, साहित्यकार सम्मानीत, साहित्यीक प्रकाशनको बिमोचान

 इसीमाना सम्वाददाता     २०७८ फागुन २१ गते ०८: ४३ मा प्रकाशित     609   पटक पढिएको

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी केन्द्रिय अध्यक्ष गीता भण्डारीको सभापतित्वमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका लोक तथा साहित्य विद्याका प्रमुख एवम् साहित्यिक चौतारीका बरिष्ठ सल्लाहकार डा. देवी नेपालले साहित्यको विकासका लागि चौतारीले गरेका कामहरुको प्रशंसा गर्नु भयो ।

 


उहाँले साहित्यको विकासमा नयाँ पुस्ताले चासो राख्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवम् बरिष्ठ साहित्यकार डा. गणेश भट्टराई साहित्य सृजनाले परिर्वतनलाई टेवा पुर्रयाउनु पर्नेमा ध्यान दिन सर्जकलाई आग्रह गर्नु भयो ।

 

सो अवसरमा साहित्यिक चौतारी नेपालको प्रकाशन चौतारीको चौथो अंक, साहित्यिक चौतारी इजरायल शाखाको भावाक्षर, साहित्यिक चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण र साहित्यिक चौतारी मधेश प्रदेश समितिका अध्यक्ष समिर पाख्रिनको परिणति पुस्तक विमोचन गरिएको थियो ।

 

झरणा साहित्य परिवार मकवानपुरका अध्यक्ष एवम् हेटौडा क्याम्पसका सहप्राध्यापक दिपक गौतमले साहित्यिक चौतारीको कृतिको समिक्षा गर्नु भएको थियो । त्यसैगरी झरणा साहित्य परिवार मकवानपुरका उपाध्यक्ष एवम् समालोचक विश्वनाथ सञ्जेलले चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण गजल संग्रहको समिक्षा गर्नु भएको थियो ।

 

पर्वतबाट तारानाथ पराजुली प्रदेश नम्बर १ बाट श्यामकुमार श्रेष्ठ, मधेश प्रदेशबाट सूर्यनारायण वि.क. , गण्डकी प्रदेशबाट दुर्गा भुसाल, लुम्बिनी प्रदेशबाट शिरीष बन्जाडेले रचना वाचन गरेका थिए । यस्तै स्थानीय साहित्यकारको रुपमा मोदिउर रहमान, अजमत अली, अनिता साह, महेशचन्द्र गौतम लगायतले रचना वाचन गरेका थिए ।

 

भोजपुरी साहित्यमा योगदान दिएको भन्दै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार उमाशंकर द्विवेदीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । ३७ जना आजिवन सदस्य र आजै थपिएका दिपक गौतम र अप्सरा पुडाँसैनीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

साहित्यिक चौतारीकी कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण साहित्यिक चौतारीका महासचिव रामप्रसाद सुवेदी संगमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.