logo

छपकैया क्षेत्र शिल ,छुट्टै कोभिड अस्पताल संचालनमा ल्याउन चिकित्सकको सुझाव

      4/12/2020 गते 00 00 मा प्रकाशित     1502   पटक पढिएको

बीरगंज ३० चैत । 

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ ।

 

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयाको यतिम खाना र घुसुकपुरमा रहेको  मस्जिदमा उनीहरुले आश्रय लिएका थिए ।

 

मुस्लिम समुदायमा धर्म प्रचार गर्न हिड्ने समुहलाई जमाती भनिन्छ । जमातीको समुहमा रहेका धर्म प्रचारहरुले नमाज पढने तरिकाहरु सिकाउने गर्दछन । उनीहरुमा कोरोना भाइरसको संक्रमण पाइएपछि बीरगंज र यस आसपासको क्षेत्रमा चिन्ता बढेको छ । 

नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको समेत संलग्न रहेको टोलीले छपकैया क्षेत्रमा अध्ययन गरि छपकैया क्षेत्रलाई शिल गरेको छ । त्यो क्षेत्रमा जमातीहरुसंगको सम्बन्ध सम्र्पकका बिषयमा गहन खोजी शुरु गरेको छ । मस्जिदमा  आएकाहरुको ट्राभल्स हिस्ट्रीका बारेमा पनि अनुसन्धान शुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

यसैवीच बीरगंजमा कोभिड अस्पताल संचालनका बिषयमा सरोकारवालावीच छलफल भइरहेको छ । बीरगंजमा कोरोना भाइरसको सक्रमण देखा परेपछि चिकित्सकहरुले पनि छुट्टै अस्पताल संचालनकोलागि  सुझाव दिएका छन । नारयणी अस्पताललाई नै कोभिड अस्पतालको रुपमा बिकास गर्ने सम्मको छलफल भएको तर निष्कर्षमा नपुगिएका एक जना सहभागिले जनाएका छन ।


 जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने प्रति चिकित्सकहरुले सजग गराएका छन  । नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले छिटो भन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

प्रदेशले निर्णय गरेको कोभिड अस्पताल छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्छ । त्यसो गर्न नसके स्थानीय प्रशासनले कुनै अस्पताललाई खाली गराएर पनि कोभिड अस्पताल बनाउनुपर्ने उहााको धारणा रहेको छ ।

कोरोना संक्रमित तीन जना भारतीय हाल नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ वीरगञ्जमा सरोकारवाला निकाय ले सक्रियता देखाएका छ। जमातीमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङमा  स्थानीय प्रशासनले ध्यान केन्द्रित गरेको जनाएको छ । 


कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका  चिकित्सक डा . उदयनारायण सिंह को भनाई छ  । 

नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्‍यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १ र १ सय थान र्‍यापिड टेष्ट किट प्रदान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.