logo

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

 इसीमाना सम्बाददाता     २०७८ चैत २५ गते ०४: ०३ मा प्रकाशित     728   पटक पढिएको

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधाम कार्यालयको आयोजना र राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहको समकार्यमा राजविराज नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न कार्यक्रममा राजविराज नगरपालिकाका विषयगत शाखाका प्रमुखहरूबाट शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा छलफल भएको हो ।


कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्रप्रसाद यादवले मौलिक हक पूरा नहुँदा नागरिकले न्यायिक प्रश्न उठाउनु स्वभाविक भएको बताउनु भयो । इन्सेकले जनताको सबैभन्दा महत्वपूर्ण अधिकारको विषय उठान गरेको भन्नुहँदै यादवले विषयवस्तुको प्रगति वा कमीबारे दस्तावेजीकरण गर्न र आधारअंक कायम गरी मिलेर लक्ष्य प्राप्त गर्न आग्रह गर्नु भयो ।

इन्सेकका सदस्य बैद्यनाथ झाले निगरानी नभएका कारण भएका पूर्वाधारको संरक्षण हुन नसकेको र सुधारको विषय औल्याउँदा समेत जिम्मेवार निकाय आक्रोशित हुने गरेको बताउनु भयो ।

स्वास्थ्य शाखाका संयोजक निरञ्जन यादवले पर्याप्त जनशक्ति र बजेटको अभावमा गौरव गर्न लायक काम हुन नसकेको स्विकार्नु भयो । मातृ तथा शिशु मृत्य दर कम गर्न घर–घरमा जाँचको व्यवस्था गर्न लागिएको जानकारी दिनुभएका यादवले राजनीतिक दवावले सुशासन कायम गर्न गाह्रो पर्ने गरेको बताउनु भयो ।


कृषि शाखाका संयोजक हरीप्रसाद यादवले शाखामा ५ जनाको दरबन्दी भएपनि एक्लै काम गरिरहेको जानकरी दिनुहुँदै कृषिलाई छुट्याएको बजेट समेत काटिने गरेकोले शाखाबाट कार्यक्रम गर्न नसकिएको बताउनु भयो ।


शिक्षा शाखाका संयोजक भगवती वि.क.ले बिद्यालयको हाजिरी पुस्तिकामा ३ सय भएपनि टाउको गन्ती गर्दा ५० जना मात्र हुने गरेकोले कारवाही प्रकृया अगाडि बढाइएको बताउनु भयो । जनशक्ति अभावले पर्याप्त मात्रामा अनुगमन गर्न नसकिएको स्विकार्दै उहाँले नियमित हुने प्रधानाध्यापकको वैठकमा समस्याहरूबारे छलफल गरिने प्रतिबद्धता जनाउनुभयो ।


इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले स्थानीय तहले नीति तथा योजना बनाउँदा जनताको सबैभन्दा महत्वपूर्ण अधिकार शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । जनताले तिरेको करबाट सरकार र स्थानीय तहबाट सञ्चालित सरकारी स्वास्थ्य संस्था, अस्पतालमा नागरिकको उपस्थिती र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक कम रहेकोले ध्यान दिन आग्रह गर्नुभयो ।

 

नगर स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले नीति नियम अनुसार स्थानीय तहले काम गरेको छ की छैन, विपन्न वर्गले पाउनुपर्ने सेवा सुविधा पाएका छन् कि छैनन् भनेर निगरानी समूहले अनुगमन र खबरदारी गर्दै मूल्याकंन गरिरहेको बताउनुभयो ।


साहको अध्यक्षता र सहजकर्ता दिपककुमार यादवको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार दिनानाथ यादव, नागरिक समाजका रामऔतार मण्डल, विद्यार्थी कल्पना यादवले विपन्नले पाउने सुविधा राजनीतिक पहुँच हुनेले पाइरहेको र सामुदायिक विद्यालयमा पढने वातावरण नभएको गुनासो गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.