logo

रौतहटमा क्वारेन्टिनबाट घर पठाइएकाहरुलाई परिक्षणकालागि बोलाइयो

      4/14/2020 गते 00 00 मा प्रकाशित     1402   पटक पढिएको

बीरगंज २ बैशाख । 
रौतहटको ईशनाथ नगरपालीका ३ औरैया स्थित जनता माबिमा रहेको क्वारेन्टाइन बाट कारोनोका लक्षण नदेखीएको भन्दै परिक्षण नै नगरी चैत्र २७ गते घर पठाइएका ११ जनालाई फिर्ता बोलाइएको छ ।

संक्रमित फेला परेको क्वारेन्टाइनबाट कोरानाको लक्षण नदेखिएको भन्दै ११ जनालाइ परिक्षण बिना नै घर पठाएको थियो  परिषणकोलागि उनीहरुलाइ पुन बोलाइएको हो ।


रौतहटको ईशनाथ नगरपालीका ३ औरैया स्थित जनता माबिमा रहेको क्वारेन्टाइन बाट कारोनोका लक्षण नदेखीएको भन्दै परिक्षण नै नगरी चैत्र २७ गते ११ जनालाई घर पठाएको थियो ।


सो नगरपालीका का स्वास्थ्य शाखा फांटका संयोजक ईशराजुल खानले उनीहरुलाइ १५ दिन क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएपछि परिक्षण बिना घर पठाइएको बताउनु भयो ।


भारतको कोलकता बाट आइ चैत्र १२ गते देखी क्वारेन्टाईनमा बसेका उनीहरुमा १५ दिन सम्म कोरोना संक्रमणको लक्षण नदेखीए पछि घर पठाईएको बताइएको छ ।


अहिले उनीहरुलाइ स्वाव परिक्षणगर्न बोलाइएको छ । उनीहरु बसेको क्वारेन्टाईनमा रौतहटको इशनाथ नपा ५ मोतीपुरका १९ बर्षिय एक यूवकलाइ कोरोना संक्रमण देखीएपछि अहिले त्रास बढेको स्थानीयले बताएका छन ।
इशनाथ नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वास्थ्यकर्मीको टोली स्वाब संकलनका लागी समयमा नआएको र चैत्र २८ गते मात्रै आइपुगेकाले २७ गते नै रौतहटका सिडिओ बासुदेब घिमिरे संग समन्वय गरेर घर पठाईएको बताउनु भयो ।


उक्त क्वारेन्टाइनमा बसेका एक व्यक्तीमा  संक्रमण फेला परेपछि सतर्क र सजग हुदै घर पठाइएकाहरुलाइ ¥यापिड किटबाट टेष्ट गरिन लागीएको बताइएको छ ।


हाल उक्त क्वारेन्टाइनमा ३० जना व्यक्तिहरु रहेका छन । चैत्र २८ गते २५ जनाको स्वाव परिक्षणका लागी संकलन गरेर लैजादै एकजना युवकमा सक्रमण देखिएको हो । उनलाइ रौतहटमा आइसोलेसन कक्ष नभएकाले उपचारका लागी बीरगज लगिएको छ ।


चैत १४ मा दिल्ली बाट हिडेका उनीहरु ट्रकमा आएका थिए । ट्रकले १६ गते बिहान मोतिहारीमा उतारेपछि त्यहाबाट करीव ४० किलोमिटर को यात्रा पैदल हिँडेर राति दशबजे ईशनाथ नपाको मोतिपुर घर आइपुगेका थिए ।
उनीहरु मुलबाटो नभइ खेतको बाटो सिमाना पार गरेको बताइएको छ । इशनाथको मोतीपुर टोल नेपाल भारत सिमाना नजिकै पर्छ । संक्रमित युवकसँगै आएका अन्य तीनजनाको रिपोर्ट निगेटिभ आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.