logo

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

 इसीमाना सम्वाददता     २०७९ बैशाख २५ गते ०८: ४७ मा प्रकाशित     825   पटक पढिएको

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ 

 

आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ÷सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो ।

 

काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न/नगराउन भनेको छ । “पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्ति/अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न/नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता ९पत्रकार० हरूलाई सचेत गराउँदछ ।”

सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता जारी भएको मितिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनका साथै अनलाइन माध्यमबाट सम्प्रेषित समाचार र समाचार–सामग्रीमाथि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्म अनुगमन गरिरहेको छ ।   

 

यस्तै पत्रकार आचारसंहिता–२०७३ ९पहिलो संशोधन, २०७६० को दफा १४ मा विद्यमान प्रावधान र निर्वाचन आचारसंहिता, २०७८ का विभिन्न दफामा रहेका व्यवस्थाका आधारमा पत्रकार एवं सञ्चार माध्यमका सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको समेत अध्ययन गरिरहेको छ ।

आचारसंहिता प्रतिकूलका समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचारसंहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ । काउन्सिलले निरन्तर पत्राचार, अनुरोध, अपिल गर्दा पनि कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ÷सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिएका कारण पत्रकारजगतबाट नै कुनै दल, गठबन्धन वा उम्मेदवारलाई मतआह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने जस्ताकार्यबाट आम मतदातामा भ्रम पर्न गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

 

“कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा काउन्सिलमा सम्पर्क, उजुरी गर्नसक्ने व्यवस्था हुँदाहुँदै प्रकाशित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको ख्याल नगरी सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रतिसमेत काउन्सिलको ध्यानाकर्षण भएको छ ।” काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.