logo

श्रमजीवी पत्रकारको न्यूनतम तलवका बिषयमा बीरगंजमा छलफल सम्पन्न

 इसीमाना सम्वाददता     २०७९ जेठ १३ गते ०७: ५८ मा प्रकाशित     669   पटक पढिएको

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक समितिले छलफल गरेको हो ।

 

होटेल कुमु प्यालेसमा आयोजित छलफलमा सहभागी पत्रकाहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनमा केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा समितिका सदस्य गोपाल तिवारीले पत्रकारहरुको समस्या जिल्ला जिल्लामा पुगेर सुन्न र बुझ्न समितिले देशब्यापी छलफल चलाएको बताए ।

 

उनले समितिले पत्रकारहरुको आधाुभूत तलव ३० हजार ४ सय रुपैया पुर्याउने गरि सरकारलाई सिफारिश गरेको जानकारी दिए ।

 

नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य बिमला पाण्डेले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा रहेको चुनौती र अहिलेको अवस्थाको बारेमा देशब्यापी छलफल पछि सरकारलाई सुझाव दिइने बताइन ।

 

उनले ऐन नै परिर्वतनकोलागि आवश्यक भएको समेत चर्चा गरिन । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले श्रमजीवी पत्रकारकोलागि अझै अवसर रहेको बताए ।

 

उनले समितिलाई पत्रकारको तलव सिफरिश गरेकोमा प्रंसशा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वरोजगार मुलक संचार माध्यममा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए ।

 

तर अन्यमा श्रमजीवी पत्रकार अहिले पनि पेशागत रुपमा असुरक्षीत रहेको बताए । कार्यक्रममा पत्रकारहरु महेशचन्द्र गौतम, बिजय भण्डारी ,सुरेश बिडारी क्रान्ति साह, आर.के.पटेल, जगत राई राजन रौनीयार दीपक गौतम लगायतले आफनो बिचार राखेका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले संचालन गरेको कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ पर्साका सदस्य तिवारी यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.