logo

माइस्थान मन्दीरमा प्राण प्रतिष्ठा महायज्ञ हुने, श्रद्धालु भक्तजनलाई सहभागी हुन अध्यक्ष अग्रवालको आपिल

 इसीमाना सम्वाददता     २०७९ जेठ १७ गते ०९: ०० मा प्रकाशित     715   पटक पढिएको

बीरगंजको माइस्थानमा शिव परिवार मन्दीरमा निर्माण भएका मुर्तीहरुको प्राण प्रतिष्ठाकालागि श्री देव प्राण प्रतिष्ठा महायज्ञ हुने भएको छ ।

 

मन्दीर परिसरमा हुने महायज्ञको तयारी भब्य रुपमा भइरहेको छ । महायज्ञमा पर्सा र चितवनका गरी २१ जना पुरेतहरुको सहभागिता रहने छ । २२ गते देखी २६ गते सम्म हुने यज्ञमा सबै भक्तजनलाई सहभागिता जनाउनकालागि माइस्थान मन्दीर निर्माण समितिका अध्यक्ष बाबुलाल अग्रवालले आग्रह गरेका छन ।


शिव परिवार मन्दीरमा श्री काल भैरब, लक्ष्मी माता, र शितला माताको मूर्ती स्थापना गरिएको छ । यो मूर्तीहरुको प्राण प्रतिष्ठा संगै मन्दीर परिसरमा रहेको तर जिर्ण अवस्थामा पुगेको लक्ष्मी माताको मूर्तीलाई क्षमा पूजा गरी बिधिवत रुपमा बिर्सजन गरिने समेत अग्रवालले जानकारी दिए ।


माइस्थान मन्दीरको निर्माण सगै मन्दीरको परिसरमा रहेका अन्य मन्दीरहरुको निर्माणकालागि पनि अग्रवालको अध्यक्षतामा रहेको समितिलाई नै जिम्मेवारी दिएको थियो ।

 

त्यही जिम्मेवारीका अधारमा अहिलेको मन्दीर निर्माण गरिएको अग्रवालको भनाई छ । करीब २ करोडको लागतमा मन्दीर निर्माण भएको हो ।

 

मन्दीर निर्माणकालागि संबिधान सभाका सदस्य राजेन्द्र बहादुर अमात्यले संसदीय बिकासकोषको ८ लाख, प्रदेश सभाका सदस्य रमेश कुर्मीले ३० लाख ओमप्रकाश शर्माले ५ लाख तथा बीरगंजका अन्य करिब ६० जना लब्ध प्रतिष्ठित उधोगी ब्यवसायी र समाजसेवीले दिएको चन्दाबाट मन्दीरको निर्माण भएको अग्रवालले जानकारी दिए ।


२२ गते बिहान ८ बजेदेखी कलश यात्रा सहित यज्ञ आरम्भ हुने छ । २३ गते अन्नाधिवास, २४ गते पुष्पाधिवास २५ गते रथयात्रा नगर परिक्रमा र २६ गते प्राण प्रतिष्ठा हवन तथा पूर्णहुती तथा प्रसाद बितरण गर्ने गरी कार्यक्रम मिलाइएको अग्रवालले बताए ।


मन्दीर भवनमा एउटा कार्यालय कक्ष सहित दुई वटा कोठा माथि सानो कार्यक्रम गर्नकालागि हलको समेत ब्यवस्था भएको समाजसेव िनरेन्द्र शाहले जनाए ।


मन्दीर परिसरमा रहेको पार्कलाई पूर्ननिर्माण चाचान ग्रुपले गर्ने भएको छ । राम्रो बनाउनकालागि चाचान ग्रुपले जिम्मेवारी लिएको ग्रुपका अध्यक्ष समेत रहनु भएका अग्रवालले जानकारी दिए । मन्दीर अगाडिको पार्कको केही भाग सेडसहितको निर्माण हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.