logo

सहयोग राशी लिएर नगरप्रमुख साह नागरिकको आँगनमा

      4/23/2020 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

बीरगंज ११ बैशाख ।
बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह सहयोग बोकेर आफना कर्मचारीको घर पुग्नु भयो ।

 

नगरपालिकामा कार्यरत एक कर्मचारीको गम्भिर रोगका कारण मृत्यु भयो । ति कर्मचारीको मृत्यु पछि उहाँको आश्रीत परिवार नै समस्यामा परेको थियो । तर नगरपालिका प्रमुखले लकडाउनको संकटको अवस्थामा घर पुगेरै आर्थिक सहयोग उपलब्ध गराउनु भयो । 


नगरपालिकामा कार्यरत कार्यालय सहयोगी संगीता श्रेष्ठ ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो ।  प्रमुख साहले श्रेष्ठका श्रीमान बिजय श्रेष्ठलाई ५० हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको हो । 

 

बैशाख १० गते करेन्ट लागेर मृत्यु भएका नगरपालिकाको वडा नं .२ निवासी जयप्रकाश साहको परिवारलाई पनि  ५०  हजार रुपैया उपलब्ध गराउनु भएको नगरपालिकाका लेखापाल हरि राउतले बताउनु भयो । 

 

दुबै जनाको घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले करेन्ट लागेर मृत्यु भएका साहकी श्रीमती अनिता देवी र कार्यालय सहयोगि श्रेष्ठका श्रीमान् विजयमा श्रेष्ठलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

मेयर साह संगै प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पौडेल, स्वास्थ्य शाखा प्रमुख राजकिशोर साह पनि चेक हस्तान्तरण गर्न पीडितको घरमा पुगेका थिए ।

 

दुबै पिडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विपद्  ब्यवस्थापन कोषबाट कार्यपालिकाको निर्णय अनुसार सहयोग गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.