logo

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह

      4/24/2020 गते 00 00 मा प्रकाशित     1040   पटक पढिएको


काठमाण्डौ  १२ बैशाख ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको छ ।  कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिले घरमै बसेर नमाज पढन उहाँले आग्रह गर्नुृ भएको हो  ।


भोलि (शनिबार)देखि पवित्र पर्व रमजान  शुरु हुन हुन्छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले कोरोनाको माहामारी बढ्दै गएको अवस्थामा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमा नगइ घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको हो।

 


‘मुस्लिम समुदायलाई मस्जिदमा नमाज नपढी घरमा नमाज पढ्न आग्रह गर्छु, भोलिदेखि रमजान पर्व शुरु हुँदै छ, रमजानको विशेष नमाज पनि घरमै बसेर पढ्न म आग्रह गर्न चाहन्छु,’ आयोगका अध्यक्ष अन्सारीले भन्नु भयो , ‘कोरोना भाइरस कुनै जात धर्मलाई लक्षित गरेर आउने होइन, त्यसलै गर्दा लकडाउनको पूर्ण पालना गर्नु हामी सबै नागरिकको दायित्व हो ।’

 

उहाँले उदयपुरमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि आयोगले सबै मस्जिदमा रहेका धर्मगुरुलाई पनि सुरक्षित भएर बस्न आग्रह गरेको बताउनु भयो  ।

 

उहाँले सबै मस्जिदमा रहेकाहरुको कोरोना  भाइरस परीक्षण गर्न लागेको भन्दै सबैलाई कोरोना परीक्षणमा सहभागी हुन पनि आग्रह गर्नु भयो ।

 

मुस्लिम जमातिमा कोरोना संक्रमण देखिए पछि धेरैले मुस्लिम समुदायले कोरोना ल्याएको भन्ने आरोप लगाइएको भन्दै उहाँले मुस्लिम जमातीमा देखिएको कोरोना संक्रमणबारे आफूहरु गम्भीर भएर त्यसको अनुसन्धानमा लागेको पनि बताउनु भयो  । उनले सबै मुस्लिम समुदायलाई मस्जिद र छिमेकीको घरमा नजान पनि आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.