logo

इन्सेकको समिक्षा गोष्ठी सम्पन्न ,पर्सामा छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना सार्वजनीक

 इसीमाना सम्वाददता     २०७९ असार १५ गते ०५: ५४ मा प्रकाशित     617   पटक पढिएको

पर्सा जिल्लामा पछिल्लो छ महिनाको अवधीमा मानव अधिकार उल्लंघनका ३५ वटा घटना भएको सार्वजनीक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको २०२३ को लागि अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूवर्काे अद्र्धवार्षिक समिक्षा गोष्ठीकालागि तयार पारिएको प्रतिवेदनमा यि घटनाहरु उल्लेख गरिएको छ ।

 

प्रतिवेदन सार्वजनीक गर्दै इन्सेक प्रतिनिधि के.सी लामिछानेले पर्सामा नावालिक बलात्कारका ८ बलात्कार प्रयासका २ वालिक महिला बलात्कार १ बलात्कार प्रयासका २ हत्या ५, बोक्सी आरोप १ , मानव बेचबिखनका २ , कुटपीटका २ र बहुविाहका ९ घटना अभिलेख गरिएको बताए ।


बीरगंजको होटेल कुमु प्यालेसमा आयोजना गरिएको सो गोष्ठीमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षपुस्तक तथ्यमा आधारित भएर प्रकाशन हुदै आएको बताउनु भयो । घटनाको समिक्षा गर्दा तथ्यपूर्ण घटनाको संकलन हुने र राज्यका जिम्मेवार निकायहरुलाई खवरदारी समेत चर्चा गर्दै समिक्षा कार्यक्रमको प्रशंसा गर्नु भयो ।


कार्यक्रममा सहभागीले उठाएका प्रशनको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालेले अंगिकृत नागरिकता पाएकाका सन्ंतान र कुमारी आमाको नामवाट नागरिकता प्राप्त गर्ने बिषयमा संसदमा छलफल चलिरहेको बताउदै त्यसले दिने निष्कर्षका आधारमा मात्र के हुन्छ भन्न सकिने बताउनु भयो ।


उहाँले वालश्रमको न्यूनीकरणका बिषयमा चर्चा गर्दा महिला तथा वालवालिका कार्यालयको खारेजी ठुलो गल्ती भएको बताउनु भयो । हुनत स्थानीय तहमा महिला वालवालिका ज्येष्ठ नागरिकको समस्याको हल गर्नेगरि संरचना छ तर त्यसले प्रभावकारी काम गर्न सकेको उहाँको भनाई छ ।

सेवाग्राहीहरु  प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आफना समस्या लिएर आउने गरेकोले आफूले यस्तो अनुभव गरेको भन्दै महिलता तथा वालवालिका कार्यालय पूर्नस्थापित हुदा राम्रो हुने सुझाव दिनु भयो ।


समाजमा पछ्यौटेपन छ गरीवी छ भन्दैमा वालवालिकालाई निकृष्ट खालको श्रम गर्न दिइनु हुदैन प्रमुख जिल्ला अधिकारी ढकालले भन्नु भयो “ वाल श्रम न्यूनीकरणको बिषयलाई स्थानीय प्रशानसले हेर्छ र वालवालिकाको दुरुपयोगलाई रोक्छ ” ।

बहुविाहले पनि समाजमा महिला माथि हुने गरेको बिभेदलाई देखाउने चर्चा गर्दै प्रजिअ ढकालले बहुविाहमा परेर पीडित भएकी महिलालाई झन पीडा दिन परिवार र समाजनै पनि लागेको देखिएको बताउनु भयो ।


उहाँले उमेर नपुग्दै वालवालिका भाग्नु पनि झनै जोखिमपूर्ण भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो । उहाँले अपराध भएको तर त्यसका दोषीहरु कानूनी दायरमा आएकोले सन्तोष गर्ने ठाउ रहेको बताउनु भयो । उहाँले अहिलेको समाजमा बोक्सी प्रथा रहनु दूभाग्र्यपूर्ण रहेको बताउनु भयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेतले समाजको बिकाससंगै अपराधको बिकास भएकोले अपराधीलाई दण्ड दिन कानूनको निर्माण भएको बताउनु भयो । उहाँले नावालिक उमेरमा भाग्ने खोजेर ल्याउदा अभिभावकले बलात्कारमा मुद्धा चलाउने प्रवृति रहेको बताउन भयो ।

 

पीडित वालिकाको तर्फबाट जाहेरी आएपछि मुद्धा चलाउनु पर्ने अवस्था रहेको उहाले बताउनु भयो । हाम्रो कानूनी छिद्रका कारण पनि मुद्धा हाल्ने प्रवृति बढेको उहाँले बताउनु भयो ।


सबै कुरा राज्य संयन्त्रले पुरा गर्न नसक्ने चर्चा गर्दै एसपी बस्नेतले प्रहरीका सबै युनिटले जनचेतना जगाउने काम पनि गरिरहेको जानकारी दिनु भयो । विवाहयोग्य उमेर भन्दा अगावै विवाह गर्ने प्रचलन रहेको त्यो अहिले भारतमा लगेर गर्ने प्रवृति बढेको बस्नेतले जानकारी दिनु भयो ।


इन्सेकले वाचडगको रुपमा झ्कझक्याउने काम गर्दै आएको बताउदै उहाँले इन्सेकसंग आफूहरुले पनि सहकार्य गर्दै आएको जानकारी दिनु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, राष्ट्रीय सौन्दर्यकर्मी युनियनका केन्द्रीय सदस्य समित्रा सापकोटा, जिल्ला अध्यक्ष ओम कुमारी शर्मा , अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य रन्जु फूयाल ,नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव, मानव अधिकार रक्षक संजालका संयोजक समाजिक अभियान्ता प्रकाश थारु, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, पत्रकार सुरेश बिडारी, अशमोहीनी चौधरी लगायतले बिभिन्न जिज्ञासा राख्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.