logo

भंसार संघले भन्यो,यादव हुण्डीकारोवारी होइनन,पर्सा प्रहरी तर्फ अनेकौ प्रश्न

      4/30/2020 गते 00 00 मा प्रकाशित     4621   पटक पढिएको

बीरगंज १८ बैशाख ।पर्सा प्रहरीले लकडाउनको समयमै रक्सौलबाट बीरगंज आउदै गर्दा स्रोत नखुलेको पैसा सहित पक्राउ गरेको लालबाबु यादवको बारेमा  बीरगंज भन्सार एजेन्ट संघले आफनो दृष्टिकोण सार्वजनीक गरेको छ । 

 


प्रहरीले, यादवलाई हुण्डी कारोवारीको रुपमा प्रस्तुत गरेकोमा संघले आपत्ती जनाएको छ । प्रहरीको यो दावीलाई खारेज गर्दै संघले यादव  एम .ए .आर .क्लियरिङ् सेवा इजाजत नँ.४०७ का कार्यरत सहायक नेपाली क्लियरिङ् एजेन्ट कर्मचारी भएको प्रष्ट पारेको छ । 


इनर्वा प्रहरी चौकीमा रहेका प्रहरी नायव निरिक्षक जो आफूलाई “सिंघंम ” भनाउन रुचाउछन । तिनै सिंघम बैद्यनाथ दासले पेशा ब्यवसाय गरेर खानेहरुलाई दुःख दिने उपक्रममा यादवलाई फक्राउ गरेको तर्फ संघले जारी गरेको बिज्ञप्तिले संकेत गरेको छ  ।

 

संघले जारी गरेको बिज्ञप्तिले  ,उनको यो काम प्रहरी संगठनले पाएको अधिकारको दुरुपयोग गरेर पेशा ब्यवसायमा संलग्नहरुलाई हतोत्साहित गर्ने तर्फ लक्षीत रहेको छ भनेको छ। उनले यसो गरेर गलत कामलाई संस्थागत त गरिरहेका छैनन भन्ने पेचिलो प्रश्न पनि संगै उठेको छ । 


पर्सा प्रहरीले समातेर बुझाउने मात्र काम गर्ने हो की त्यो कुरा सहि र गलत पनि छुट्ट्याउने हो । यादव प्रकरणमा कतिपय प्रश्न उठेका छन । त्यसको समुचित अनुसन्धान प्रहरीले गर्न सकेन भने प्रहरीले नागरिकलाई दुःख दिन खोजेको पुष्टि हुन्छ ।

 


यादवलाई प्रहरीले आफनै घरबाट आइसीपी जाँदा समातेको हो । तर प्रहरीले बनाएको मुचुल्कामा समेत रक्सौलबाट आउदा समातेको गलत मुचुल्का उठाएको बीरगंज भंसार एजेण्ट संघले गम्भिर आरोप लगाएको छ ।

 


 यसरी मुचुल्का तयार पार्ने प्रहरीको काम प्रति संघले खेद समेत प्रकट गरेको छ । संघले लकडाउन को यो अवस्थामा ज्यान जोखिममा हालेर सेवा दिनेहरुलाई प्रहरीले हातोत्साही गर्ने कुरालाई सच्याउन समेत भंसार एजेण्ट संघले माँग गरेको छ ।

लक डाउन छ ।नेपाल भारतको सीमा पनि लक छ ।  नेपालका बिभिन्न ठाउबाट आएका भारतीय नागरिकलाई सीमामा प्रहरीले रोकेर बीरगंजका बिभिन्न क्वारेन्टिनमा राखएिको छ ।

 

यस्तो अवस्थामा प्रहरीले नै रक्सौलबाट आउदै गर्दा यादव पक्राउ भनेर समाचार जारी गरेको छ । प्रहरीको यो कदमलेनै प्रहरीको काम शंकाको घेरेमा परेको हो ।

 

कतिपय सुरक्षा घेरा पार गरेर यादव साच्चै रक्सौलबाट आएका हुन भने पर्सा प्रहरी प्रमुखको नेतृत्व क्षमता , कौशलता र इमान्दारीता माथि गम्भिर सवाल उठेको छ । यि सवालहरुको पर्सा प्रहरीले चित्र बुझ्दो जवाफ दिन नसक्दा सम्म उसको नियतमाथि प्रश्न उठिरहन्छ ।

 


बीरगंज भन्सार एजेन्टसंघका कार्यवाहक अध्यक्ष निर्मल प्रस्दा कुर्मीले जारी गरेको बिज्ञप्तिमा समास्या समाधानको अपेक्षा राखिएको छ । यस बिषयमा प्रहरी संघ र बीरगंज भन्सारका वीचमा छफल हुने बताइएको छ । अहिले केहीबेरमा हुने छलफलले निकास निकाल्न नसके संघले देशब्पापी रुपमा काम रोक हड्ताल गर्ने तयारी गरेको छ ।

भन्सारबाट आ-आफ्नो मालसमान छुटाउनको लागि बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया  यादवलाई दिएका थिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.