logo

भंसार संघले भन्यो,यादव हुण्डीकारोवारी होइनन,पर्सा प्रहरी तर्फ अनेकौ प्रश्न

      4/30/2020 गते 00 00 मा प्रकाशित     4829   पटक पढिएको

बीरगंज १८ बैशाख ।पर्सा प्रहरीले लकडाउनको समयमै रक्सौलबाट बीरगंज आउदै गर्दा स्रोत नखुलेको पैसा सहित पक्राउ गरेको लालबाबु यादवको बारेमा  बीरगंज भन्सार एजेन्ट संघले आफनो दृष्टिकोण सार्वजनीक गरेको छ । 

 


प्रहरीले, यादवलाई हुण्डी कारोवारीको रुपमा प्रस्तुत गरेकोमा संघले आपत्ती जनाएको छ । प्रहरीको यो दावीलाई खारेज गर्दै संघले यादव  एम .ए .आर .क्लियरिङ् सेवा इजाजत नँ.४०७ का कार्यरत सहायक नेपाली क्लियरिङ् एजेन्ट कर्मचारी भएको प्रष्ट पारेको छ । 


इनर्वा प्रहरी चौकीमा रहेका प्रहरी नायव निरिक्षक जो आफूलाई “सिंघंम ” भनाउन रुचाउछन । तिनै सिंघम बैद्यनाथ दासले पेशा ब्यवसाय गरेर खानेहरुलाई दुःख दिने उपक्रममा यादवलाई फक्राउ गरेको तर्फ संघले जारी गरेको बिज्ञप्तिले संकेत गरेको छ  ।

 

संघले जारी गरेको बिज्ञप्तिले  ,उनको यो काम प्रहरी संगठनले पाएको अधिकारको दुरुपयोग गरेर पेशा ब्यवसायमा संलग्नहरुलाई हतोत्साहित गर्ने तर्फ लक्षीत रहेको छ भनेको छ। उनले यसो गरेर गलत कामलाई संस्थागत त गरिरहेका छैनन भन्ने पेचिलो प्रश्न पनि संगै उठेको छ । 


पर्सा प्रहरीले समातेर बुझाउने मात्र काम गर्ने हो की त्यो कुरा सहि र गलत पनि छुट्ट्याउने हो । यादव प्रकरणमा कतिपय प्रश्न उठेका छन । त्यसको समुचित अनुसन्धान प्रहरीले गर्न सकेन भने प्रहरीले नागरिकलाई दुःख दिन खोजेको पुष्टि हुन्छ ।

 


यादवलाई प्रहरीले आफनै घरबाट आइसीपी जाँदा समातेको हो । तर प्रहरीले बनाएको मुचुल्कामा समेत रक्सौलबाट आउदा समातेको गलत मुचुल्का उठाएको बीरगंज भंसार एजेण्ट संघले गम्भिर आरोप लगाएको छ ।

 


 यसरी मुचुल्का तयार पार्ने प्रहरीको काम प्रति संघले खेद समेत प्रकट गरेको छ । संघले लकडाउन को यो अवस्थामा ज्यान जोखिममा हालेर सेवा दिनेहरुलाई प्रहरीले हातोत्साही गर्ने कुरालाई सच्याउन समेत भंसार एजेण्ट संघले माँग गरेको छ ।

लक डाउन छ ।नेपाल भारतको सीमा पनि लक छ ।  नेपालका बिभिन्न ठाउबाट आएका भारतीय नागरिकलाई सीमामा प्रहरीले रोकेर बीरगंजका बिभिन्न क्वारेन्टिनमा राखएिको छ ।

 

यस्तो अवस्थामा प्रहरीले नै रक्सौलबाट आउदै गर्दा यादव पक्राउ भनेर समाचार जारी गरेको छ । प्रहरीको यो कदमलेनै प्रहरीको काम शंकाको घेरेमा परेको हो ।

 

कतिपय सुरक्षा घेरा पार गरेर यादव साच्चै रक्सौलबाट आएका हुन भने पर्सा प्रहरी प्रमुखको नेतृत्व क्षमता , कौशलता र इमान्दारीता माथि गम्भिर सवाल उठेको छ । यि सवालहरुको पर्सा प्रहरीले चित्र बुझ्दो जवाफ दिन नसक्दा सम्म उसको नियतमाथि प्रश्न उठिरहन्छ ।

 


बीरगंज भन्सार एजेन्टसंघका कार्यवाहक अध्यक्ष निर्मल प्रस्दा कुर्मीले जारी गरेको बिज्ञप्तिमा समास्या समाधानको अपेक्षा राखिएको छ । यस बिषयमा प्रहरी संघ र बीरगंज भन्सारका वीचमा छफल हुने बताइएको छ । अहिले केहीबेरमा हुने छलफलले निकास निकाल्न नसके संघले देशब्पापी रुपमा काम रोक हड्ताल गर्ने तयारी गरेको छ ।

भन्सारबाट आ-आफ्नो मालसमान छुटाउनको लागि बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया  यादवलाई दिएका थिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.