logo

साउदीमा छोरा कुटीए नेपालमा परिवार चिन्तामा दलाल र मेनपावर कम्पनी मालामाल

 इसीमाना सम्वाददता     २०७९ सावन २४ गते ०८: ०५ मा प्रकाशित     625   पटक पढिएको

बैदेशिक रोजगारीमा गएका एक युवाले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका अभिभावकले जनाएका छन ।

 

बीरगंज महानगरपालिकाको वडा नं २९ को बस्डिलवाका असतकफार अन्सारीले आफूलाई नेपाल झिकाउन अपिल गरेको उनका बुवा नसिव मिया अन्सारीले बताए ।

 

छोरो छिकाउन प्रशासन गुहार्दै जिल्ला प्रशासन कार्यालय पुगेका अन्सारीले साउदी अरवमा आफनो छोरो कुटिएको समस्यामा परेको भन्दै झिकाउन सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई अनुनय गर्दै थिए ।


३० वर्षिय असतकफार अन्सारीलाई गाउँकै (मेनपावर कम्पनीको दलाल)शहीद खाँले साउदी अरवमा होटेलमा काम लगाईदिने भन्दै पठाएका थिए । उनले असतकफारसंग दुई लाख रुपैया लिएका थिए ।

 

तर असतकफारल उहाँ पुगेर होटेलमा काम पाएनन । उनलाई घरेलु कामदारको काममा लगाइयो र यातना दिन थालियो । उनका बुवाका अनुसार काम गरेको पारिश्रमीक समेत असतकफारले पाएका छैनन ।

 

कुनै सानो काम बिग्रियो केही सामान काम गर्दै जादा टुटयो भने त्यसको चर्को मूल्य तिर्नु परेको छोरालाई कुटपीट गरिएको अन्सारीले बताए ।


मेनपावर कम्पनीकोलागि काम गर्ने खाँले भने आफू कुनै पनि रुपमा जिम्मेवार नभएको बताए । काठमाण्डौको सीनामंगल स्थित सेन्टर क्यापिटल मेन पावर कम्पनीबाट उनले असतकफारलाई साउदी पठाएका थिए ।

 

उनले आफूले केही पैसा लिएर काम गरेको बाँकी कुरा कम्पनी जिम्मेवार भएको बताए । असतकफारका वुवाले आफनो छोरो नेपाल ल्याउनकालागि लाग्ने खर्च समेत आफैले ब्यहोनेृ भन्दा पनि कम्पनीका दलालले सहयोग नगरेको गुनासो गरे ।

 


मेनपावर कम्पनीले गैर जिम्मेवार तरिकले सोझा साझा नेपालीलाई बढी रकम लिएर बैदेशीक रोजगारमा पठाएर चरम यातना र शोषणमा पार्ने गरे पनि त्यस्ता कम्पनी र दलालहरुले उन्मुक्ति पाइरहेकोमा नसवि अन्सारीले दुखेसो पोखे ।

 

असतकफारको पासपोर्ट घर साहुले राखेका कारण उनी आफनो पहलमा त्याहाबाट निस्कन सक्दैनन । मेनपावर कम्पनी र त्यसको दलालले उनीहरुको कुरा सुन्दैन । स्थानीय प्रशासनले पनि समस्यामा परेका यस्ता नागरिको कुरा सुन्दैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.