logo

जेष्ठ नागरिकले पाएनन सामाजिक सुरक्षा भत्ता

 इसीमाना सम्वाददाता     २०७९ सावन ३१ गते ०३: २९ मा प्रकाशित     714   पटक पढिएको

पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तमा जेष्ठ नागरिकलाई दिनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको अन्तिम किस्ता रकम भूक्तानी गरेको छैन ।

 


जगरनाथपुर गाउँपालिकामा जेष्ठ नागरिक, एक महिला ,अपाङ सहित ३ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता बुझदै आएका छन । उनीहरुले अन्तिम किस्ता वापतको रकम नपाएपछि गाउँपालिका कार्यालय अगाडि साउन ३० गते प्रर्दशन गरेका छन । उनीहरुकाालगि हरेक त्रैमासिकमा ३ करोड रुपैया वितरण हुदै आएको थियो ।

पर्सा जिल्लाका अन्य स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको तर जगरनाथपुर गापाले अहिलेसम्म सो भत्ता वितरण नगरेको भन्दै स्थानीय ज्येष्ठ नागरिकहरूसमेत गापा कार्यालयमा पुगेर विरोध कार्यक्रममा सहभागी भएका थिए ।

 

सामाजिक सुरक्षा भत्ताले आफनो सबै खर्च पुरा हुदै आएको बताउने सोही गाउपालिकाको वडा नं ४ का ज्येष्ठ नागरिक मन्सी मियाले सरकारले दिएको भत्ता गाउँपालिकाले बेलैमा नदिएको भन्दै दुःख मनाउ गरे । वडा नं ३ का बिजववनीयाका सालीम राउद्ध गद्धीको भनाई पनि यस्तै छ ।

 

उनले सरकारले दिएको पैसाका कारण बुढेसकालमा निकै सहयोग पुगेको बताए । मलाई आवश्यक पर्ने औषधीहरु किन्छु उनले भने बुढेसकालको साहरा नै यही भत्ता भएको छ ।


सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिको जीवनलाई अपमान र हेलाबाट मुक्त गरेको छ । ज्येष्ठ नागरिकको अनुहारमा मुस्कान ल्याउन सफल सामाजिक सुरक्षा भत्ता नपाउदा बिजवनीयाका जेयष्ठ नागरिक इशा मियालाई त भाउन्न नै छुटेको छ ।

 

लाठीको साहारामा गाउँपालिकामा पुगेका जेष्ठ नागरिकले समाजिक सुरक्षा भत्ता दिन माँग गरेका छन ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले सामाजिक सुरक्षा भत्ताको बिषयलाई सुल्झाउन आफू काठमाण्डौमा रहेको बताए । नयाँ निर्वाचित भएर आएका अध्यक्ष यादवले कर्मचारीहरूले गरेका गलत कामको परिणाम अहिले आफूले भोग्नुपरिरहेको बताए ।

उनले यसअघिका जनप्रतिनिधिहरूको लापरवाहीपूर्ण कार्यले अहिले यो दशा आइपरेको आारेप लगाए ।तर निर्वतमान अध्यक्ष जालिम मियाले आफूले नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको र आफू हुदा सम्म कुनै समस्या नरहेको दावी गरे ।

 

उनले बजेट हुदा हुदै किन वितरण भएन जेष्ठ नागरिक, अपाङ एवं एकल महिलालाई राज्यले दिएको रकम उपलब्ध नगराईनु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.