logo

जमिन्दारले राहत लिएपछि सर्लाहीको चक्रघट्टाका श्रमजीवी दलीतहरु सडकमा

      5/4/2020 गते 00 00 मा प्रकाशित     1492   पटक पढिएको


बीरगंज २३ बैशाख । 

जमिन्दारले राहतको लिएपछि भोकै भएका दैनीक ज्याला गर्ने खेतीहर मजदुरहरु लकडाउनको बेलामा पनि संघर्षमा उत्रिनु पर्ने अवस्था आएको छ ।

 

दिनभरि मजदुरी गरेर जीवीको पार्जन गर्ने अवस्थामा नागरिकलाई राहत दिने सरकारी नीति हो तर सर्लाहीमा जमिन्दारले राहत लिएका कारण श्रमजीवीहरु आहत भएका छन । 


जमिन्दारको र जनप्रतिनिधिको यो पारबाट आजित भएका  सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, चमार टोलका बासिन्दा संघर्षमा उत्रिएका हुन ।

 

जमिन्दारहरुलाई राहत दिईएको भन्दै विरोध सोमबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन सहित छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

 

जमिन्दारहरुलाई राहत सामग्री बाँडिएको  तर अति विपन्न अवस्था रहेको आफू सहित चमारटोलका कोही कसैले राहत नपाएकाले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाईएको कैलाश रामले जानकारी दिनु भयो ।  

 

चक्रघट्टा गाउँपालिका–५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहले  दुई–तीन विगहासम्म जमिन भएकाहरुले पनि राहत पाएको बताउनु भयो ।

‘लकडाउन लम्बिदै गएकाले २–३ विगहा सम्म जमिन भएका परिवारलाई समेत अप्mठयारो पर्ने भएको हुँदा राहत दिईएको हो’, उनले भने, ‘५ कठ्ठा सम्मका लागि दिँदा १० कठ्ठावालाले मैले किन नपाउने भन्ने अनि उसलाई दिँदा १ विगहाबालाले मैले किन नपाउने भन्दै झगडा गर्ने गरेकाले २ विगहासम्म जमिन भएकालाई विपन्नै मानेर राहत सामग्री दिन बाध्य भईएको छ ।’ वडाध्यक्ष साहका अनुसार बढीमा ५५० घरधुरी रहेको उक्त वडामा ४७६ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.