logo

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

      5/11/2020 गते 00 00 मा प्रकाशित     1346   पटक पढिएको


बीरगंज २९बैशाख  

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ । 


शहरी बिकास तथा  भवन कार्यालय बीरगंजले निर्माण समितिको खातामा पैसा पठाएपनि अन्यले रकम पाएका छैनन । समितिका अध्यक्षले खातामा आएको पैसा बितरण नगरेपछि रकम नपाएको राजेन्द्र पासवानले बताउनु भयो ।

 

शान्तिनगर पिपरा टोलका २२ दलीत घर परिवारले जनता आवास कार्यक्रम अन्र्तगतको अन्तिम किस्ता रकम नपाएका हुन । २२ मध्इ १३ घर परिवारको घर निर्माण कार्यको मूल्याकंन सम्बन्धीत कार्यालयले गरिसकेको छ ।


अन्तिम किस्तामा प्रतिघर २१ हजार ४ सय ७० रुपैयाँ पाउनुपर्नेमा सो रकम नपाएको उनीहरुको गुनासो छ । 

   शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनीयर रोशन साहका अनुसार घरनिर्माण कार्य सम्पन्न भई मूल्याङ्कन भएका १३ जनाको रकम फागुन अन्तिम साता निर्माण समितिका संयोजक रामा पासवानको खातामा पठाइसकिएको छ।

 

संयोजकको खातामा पठाइदिनू भन्ने सेवाग्राहीहरूको सहमतिको आधारमा शहरी विकासले रकम पठाएको हो। सहमति नजनाउनेहरूको अन्तिम किस्ता रकम निजहरूकै खातामा पठाउने तयारी भइरहेको इन्जिनीयर साहले बताउनु भयो ।

 


    संयोजक पासवानसँग पटकपटक रकम भुक्तानी माग्दा पनि नदिएको पिपराका मनोज पासवानले बताउनु भाये । निर्माण समितिका संयोजक पासवानलाई भेट्न जाँदा भेट नहुने, मोबाइलको स्विच अफ गरेर बस्ने, नम्बर परिवर्तन गर्ने गरेको सेवाग्राहीहरूले बताए।

 

संयोजकले रकम भुक्तानी नदिएको भन्दै पासवानविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएको तर हालसम्म प्रशासनले कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ।


    जनता आवास कार्यक्रम अन्तर्गत दलित, उपेक्षित समुदायका लागि सङ्घीय सरकारले प्रतिघर निर्माणबापत दुई लाख चौध हजार रुपैयाँ अनुदान सहयोग दिने गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.