logo

ट्रफिक ब्यवस्थापनको जिम्मेवारी लिएका दाहालको ध्यान असुली तिर ,पर्सामा दुर्घटना बढ्दो

 इसीमाना सम्वाददाता     २०७९ असोज २८ गते ०९: ४० मा प्रकाशित     550   पटक पढिएको

पर्सा ट्राफिक प्रहरी कार्यालय ट्राफिक व्यवस्थापनमा भन्दा पनि अवैध असुलीमा संलग्न भएकोले एक पछि अर्को गर्दै दुर्घटना हुने र त्यसबाट अकालमा ज्यान गुमाउनेहरुको संख्या बढदै गएको छ ।

शुक्रवार विहान १० बजे एक पैदल यात्रु पोखरिया नगरपालिका १ बनकटवा बस्ने विगा रामलाई ना .३ख ५७४३ नं. को ट्रकले ठक्कर दिंदा बहुअरी चौकमा घटनास्थलमा मृत्यु भएको छ।

त्यसैगरि दिउँसो २.२५बजे पल्सर मोटरसाइकल सवार वीरगंज महानगरपालिका वडा नं.२३ सबैठवा बस्ने ३० वर्षीय युवा सन्तोष कुशवाहालाई ड्राईपोर्टमा पछाड़ीबाट ना.५ख २२६१ नं.को ट्रकले ठक्कर दिंदा मृत्यु भएको छ ।

गएको हप्ता पर्सागढीको बडेर्वाका एक जना चौधरी थरका ब्यक्तिको मोटर साइकल दुर्घटनामा ज्यान गयो । त्यस्तै असोज ७ गते बीरगंज महानगरपालिकाको वडा नं २१ को ताजपुरमा पनि सवारी दुर्घटनामा एक जनाको ज्यान गयो ।

जनताको जिउधनको रक्षाको जिम्मेवारीमा खटिने ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको विभिन्न सड़क खण्डमा यात्रा गर्ने यात्रुहरू दुर्घटनाको जोखिममा परेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुब दाहाल आएपछि ट्राफिक नियम बारे जनचेतना जगाउने सुरक्षती रुपमा सवारी चलाउने बिषयमा चेतनामुलक काम गर्ने र्दुघटना न्यूनीकरणका अभियान चलाउने भन्दा पनि रकम असुल्ने काममा ध्यान जाने गरेकोले दुर्घटना बढेको दुर्घटना संख्याले बताउछ । दाहाल र उनको मातहतका ट्राफिक प्रहरीहरूले जनताको जिउधनको परवाह नगरी पैसालाई प्राथमिकता दिएको पाइएकोले शुक्रवार केहि घण्टाको अन्तरालमा दुई जना नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ।


वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले मिति २०७९(०२(३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक पत्रलेखि ड्राईपोर्ट क्षेत्रमा ट्राफिक व्यवस्थापन नभएमा सर्वसाधारणको जिउधनमाथि खतरा हुने आशय सहितको पत्र लेखि पठाएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब दाहालले ओभर लोडेड ट्रक लगायत मालवाहक सवारीसाधनसँग गरेको असूलीको केहि हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खानसम्मलाई समेत भाग छुट्याएर असुली गर्ने गरेको स्रोतले बताएको छ ।

ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको बाटोमा हिंड्ने बटुवा र यात्रुहरू असुरक्षित छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.