logo

सम्बैधानिक प्रवन्धको खिलाफ हुने गरि शुल्क लिने नृसिंह मावि बिरुद्ध अदालतको अंकुश

 इसीमाना सम्वाददाता     २०७९ असोज ३१ गते ०७: ४७ मा प्रकाशित     646   पटक पढिएको

सम्बैधानिक प्रवन्धको बिपरित हुने गरि बिद्यार्थी संग शुल्क असुल गर्ने बीरगंजको एक माध्यामिक बिद्यालय बिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 


बिद्यालयले अग्रेजी माध्यमबाट अध्यापन गराउदै आएको भन्दै बिद्यार्थी संग शुल्क असुल गर्दै आइरहेको छ । उच्च अदालतको अस्थायी इजलाश बीरगंजले महानगरमालिकाको वडा नं १५ को लक्षुमनवामा रहेको श्री नृसिंह माध्यामिक बिद्यालय प्रशासक बिरुद्ध अल्पकालिन आदेश गर्दै शुल्क नलिन र लिन नलगाउन भनेको छ ।


अदालतले बिद्यार्थी र उनीहरुका अभिभाकवबाट कुनै शुल्क नलिन भनेको छ । नेपालको संम्बिधान २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धी हकको ब्यवस्था छ ।

 

प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यामिक तहको शिक्षा निशुल्क पाउने हक हुने उल्लेख छ ।

 

सम्बिधानले शिक्षा पाउने हकलाई मौलीक हक अन्र्तगत राखेर निशुल्क उपलब्ध गराउदै आएकोमा सम्बैधानिक प्रवन्धको बर्खिलाप हुने गरि नृसिंह माध्यामिक बिद्यालयले शुल्क लिदै आएकोमा स्थानीय अभिभावक वीरगंज १४ पिप्राका कृष्ण कुमार कुर्मीले अन्तरिम आदेशको माँग गर्दै उच्च अदालतमा असोज ३० गते रिट दिएका थिए ।

 

बिद्यालयले अग्रेजी माध्यममा अध्ययनरत बिद्यार्थीका अभिभावकसंग मासिक ९ सय देखी १ हजार ३ सय रुपैया लिदै आएको छ । कक्षा ६ देखी का बिद्यार्थीहरुसंग बिद्यालयले शुल्क लिदै आएको हो ।

 

शुल्क अभिभावकको सहमतीमा बिशेष आर्थिक सहयोगको रुपमा लिदै आएको बिद्यालयका प्राधानाध्यापक बिनोद मेहताले बताए ।

 

उनले अग्रेजी माध्यमबाट अध्यापन गर्नकालागि ब्यवस्थापन गर्न अभिभावकको मन्जुरीमा शुलक लिएको बताए । कक्षा ६ का बिद्यार्थीका लागि ९ सय रुपैया र हरेक कक्षामा ३ सय थप हुने गरि आर्थिक सहयोग लिइएको मेहताको भनाई छ ।


अदालतले कार्तिक १६ गतेकालागि अर्को पेशी तोकेको छ । पेशीमा बिद्यालयलाई लिखित जवाव सहित उपस्थित हुन आदेश गरेको छ । पेशी तोकिएको मिति सम्मकालागि कुनै पनि शुल्क नलिन अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.