logo

सम्बैधानिक प्रवन्धको खिलाफ हुने गरि शुल्क लिने नृसिंह मावि बिरुद्ध अदालतको अंकुश

 इसीमाना सम्वाददाता     २०७९ असोज ३१ गते ०७: ४७ मा प्रकाशित     504   पटक पढिएको

सम्बैधानिक प्रवन्धको बिपरित हुने गरि बिद्यार्थी संग शुल्क असुल गर्ने बीरगंजको एक माध्यामिक बिद्यालय बिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 


बिद्यालयले अग्रेजी माध्यमबाट अध्यापन गराउदै आएको भन्दै बिद्यार्थी संग शुल्क असुल गर्दै आइरहेको छ । उच्च अदालतको अस्थायी इजलाश बीरगंजले महानगरमालिकाको वडा नं १५ को लक्षुमनवामा रहेको श्री नृसिंह माध्यामिक बिद्यालय प्रशासक बिरुद्ध अल्पकालिन आदेश गर्दै शुल्क नलिन र लिन नलगाउन भनेको छ ।


अदालतले बिद्यार्थी र उनीहरुका अभिभाकवबाट कुनै शुल्क नलिन भनेको छ । नेपालको संम्बिधान २०७२ को धारा ३१ मा शिक्षा सम्बन्धी हकको ब्यवस्था छ ।

 

प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यामिक तहको शिक्षा निशुल्क पाउने हक हुने उल्लेख छ ।

 

सम्बिधानले शिक्षा पाउने हकलाई मौलीक हक अन्र्तगत राखेर निशुल्क उपलब्ध गराउदै आएकोमा सम्बैधानिक प्रवन्धको बर्खिलाप हुने गरि नृसिंह माध्यामिक बिद्यालयले शुल्क लिदै आएकोमा स्थानीय अभिभावक वीरगंज १४ पिप्राका कृष्ण कुमार कुर्मीले अन्तरिम आदेशको माँग गर्दै उच्च अदालतमा असोज ३० गते रिट दिएका थिए ।

 

बिद्यालयले अग्रेजी माध्यममा अध्ययनरत बिद्यार्थीका अभिभावकसंग मासिक ९ सय देखी १ हजार ३ सय रुपैया लिदै आएको छ । कक्षा ६ देखी का बिद्यार्थीहरुसंग बिद्यालयले शुल्क लिदै आएको हो ।

 

शुल्क अभिभावकको सहमतीमा बिशेष आर्थिक सहयोगको रुपमा लिदै आएको बिद्यालयका प्राधानाध्यापक बिनोद मेहताले बताए ।

 

उनले अग्रेजी माध्यमबाट अध्यापन गर्नकालागि ब्यवस्थापन गर्न अभिभावकको मन्जुरीमा शुलक लिएको बताए । कक्षा ६ का बिद्यार्थीका लागि ९ सय रुपैया र हरेक कक्षामा ३ सय थप हुने गरि आर्थिक सहयोग लिइएको मेहताको भनाई छ ।


अदालतले कार्तिक १६ गतेकालागि अर्को पेशी तोकेको छ । पेशीमा बिद्यालयलाई लिखित जवाव सहित उपस्थित हुन आदेश गरेको छ । पेशी तोकिएको मिति सम्मकालागि कुनै पनि शुल्क नलिन अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.