logo

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

      5/24/2020 गते 00 00 मा प्रकाशित     2230   पटक पढिएको

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ । विभिन्न स्कुल तथा कलेजका युवा विद्याथीहरुलाई शिक्षाको माध्यमबाट नेतृत्वमा तहमा पुग्ने अवसर, नीति निर्माणहरु कसरी गर्ने भन्ने विषयमा छलफलको नमूना अभ्यास गराउने उद्देश्यले गतबर्षदेखि गौतम माध्यामिक विद्यालय संयुक्त राष्ट्रसंघको परिकम्पना गरि नमूना अभ्यास सम्मेलनको थालनी गरेको हो ।

यसबर्ष कोरोना महामारी र लकडाउनले विद्यालयहरु बन्द रहेकोले विद्यार्थीहरुको समयलाई सदुपयोग गर्दै कोरोना भाईरस महामारीले निम्त्याएको संकटको समाधान, यसको पुर्नरुत्थान कसरी गर्ने भन्ने विषयमा संयुक्त राष्ट्र संघमा गरिने छलफल जस्तै नमून अभ्यासको छलफल गरिएको छ ।

गौतम मावि संयुक्त राष्ट्र संघका अध्यक्ष एल्भिन रेञ्जरको अध्यक्षतामा भएको छलफलमा विश्व स्वास्थ संगठनका १५ जना र अन्तराष्ट्रिय मुद्रा कोषका १५ जना विद्यार्थीहरुले १५ वटा राष्ट्रको प्रतिनिधिको रुपमा सहभागिता जनाएर कोरोनाको संकटबाट कसरी देशलाई मुक्त गरी देशलाई कसरी सवल बनाउन सकिन्छ भन्ने विषयमा धारणा सहितको प्रतिवेदन विद्यार्थीहरुले तयार पार्ने छन् ।

कार्यक्रमको पहिलो सत्रमा संयोजक गौतम स्कुलका पूर्व विद्यार्थी एवं जीएसएस एमयुएन सचिवालयका सहसंस्थापक रोशन कुमार साह, र विशाल साहले धारणा पेश गरेका थिए । सीजा अधिकारीले स्वागत गरेको कार्यक्रमको शुरुवातको सत्र जिएसएस एमयुएन उपाध्यक्ष सौरज प्रधानले सहजीकरण गर्नुभएको थियो ।

नमूना संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठनको प्यानलको अध्यक्षता महिमा साह र उपाध्यक्ष अरिभा नाजले गर्नुभएको थियो । त्यस्तै अन्तराष्ट्रिय मुद्रा कोषको नेतृत्व अध्यक्ष निथिक राठी र उपाध्यक्ष गिरिस अग्रवालले गर्नुभएको थियो ।  बिहान १० बजे शुरु भएको साँझ सात बजे सएिको सम्मेलनमा विभिन्न विषयहरुमा छलफल भएको छ ।

आजको छलफलमा प्रमुुख अतिथि पर्यटन  वोर्डका सदभावना दूत सञ्जय खेतान, विशिष्ट अतिथिहरु वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक दिपक शाक्य, प्रेस संगठन पर्साका संयोजक नीरज पिठाकोटे, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, प्याब्सन पर्साका सचिव छेडुप लामा, लगायत विभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुले  छलफलमा सहभागिता जनाएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.