logo

इन्सेक वर्ष पुस्तकको वार्षिक समक्षिा गोष्ठी सम्पन्न ,मानव अधिकार उल्लघंनका ६४ घटना अभिलेख

 इसीमाना सम्वाददाता     २०७९ पौष ५ गते १२: ५० मा प्रकाशित     611   पटक पढिएको

इन्सेक पर्साकोको अयोजनामा पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम बीरगंजमा घोराहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि के।सी।लामिछानेले पर्सा जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनामा ६४ ओटा मानव अधिकार सम्बन्धी घटना रहेका छन । जस मध्ये १८ वर्ष भन्दा कम उमेरका वालिका बलात्कारको घटना २४ वटा बलात्कार प्रयासका २ वटा, बेचबिखनका ५ वटा ,कथित बोक्सी आरोपका २ वटा,बुहविाहका १२ वटा,१८ वर्ष भन्दा माथिको उमेरका महिलाको बलात्कारका ९ वटा बलात्कार प्रयास ३ वटा, कुटपीटको १ वटा ,यौन दूब्र्यहारका ३ वटा र कार्तब्य ज्यानका ३ वटा घटनाहरु रहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बलात्कार लगायतका घटनाहरु धेरै देखिएको बताउदै काूनीन कारावाही र सचेतनाको माध्यमबाट यो खाले अपराधको न्यूनकीरणमा जोड दिनु पर्ने बताउनु भयो ।

 

उहाँले राज्यले नागरिककालागि दिन गरेका प्रतिवद्धताहरुको आपूर्तीमा आफूहरु सचेत रहेको बताउदै प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको ब्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।

 

उहाँले उपभोक्ताका अधिकारको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको बताउदै त्यसकोलागि स्थान्ीय तहको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले इन्सेकले तथ्यमा आधारित रहेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको र त्यसले देशको मानव अधिकारको अवस्थाको सही चित्रण गर्ने बताउन भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले वर्ष पुस्तकले सुशासन र समृद्ध समाज निर्माणमा भूमिका खेलेको बताउनु भयो । उहाँले आर्थिक तथा समाजिक अधिकारको उल्लंघनको बिषयलाई पनि डाटाबेसमा राख्नेगरि ब्यवस्थापन गर्न इन्सेकलाई आग्रह गर्नु भयो ।

सामुदायिक रेडियो प्रशारक संघका निर्वतमान महासचिव गोविन्द देवकोटाले प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट पाउनु पर्ने कुरालाई ब्यवहारमा उतार्ने वतावरण बनाउन इन्सेकको अभियानले योगदान गरेको बताउनु भयो ।

 

उहाँले मानव अधिकार उपभोगको वतावरण बनाउनकालागि राज्यका निकायहरु जिम्मेवार र जवाफदेह नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले इन्सेकले सार्वजनीक गरेको प्रतिवेदनले समाज कता जादै छ भन्ने कुराको चित्रण गरेको बताउनु भयो । कानूनी प्रवन्धहरुको दुरुपयोग भएको प्रति पनि चासो राखीनु पर्ने उहाँको कथन थियो ।


त्इसतै आशमोहिनी चौधरीले बलात्कारमा केटालै झै केटीलाई कारवाही किन हुदैन भन्ने प्रश्न गर्दै दुबे पक्ष दण्डको दायारमा आउनु पर्ने बिचार राख्नु भयो
मानव अधिकार निगरानी समुह पर्साका संयोजक तवरे अहमदको अध्यक्षतामा सम्पन्न समिक्षाका गोष्ठीमा संचारकर्मीहरुले बिभिन्न जिज्ञासा राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.