logo

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार चोरी गर्नेलाइ विना कारवाही छोड्यो

      6/6/2020 गते 00 00 मा प्रकाशित     1347   पटक पढिएको

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार नगद चोरीको घटनामा संलग्नलाई कारवाही नगरि उन्मुक्ति दिएको छ । बिहीबार छप्कैया वडा नम्बर १ सुकुम्बासी टोलीकी स्थानीय जोखनीदेवी हजराको पैसा चोरी गरेको स्थानीय युवा सन्दीप हजराले प्रहरीको अगाडि स्वीकार गरेपनि प्रहरीले उनलाई पैसा फिर्ता गर्ने शर्तमा छोडिदिएको छ ।

जोखनीदेखिको चौधरी पासवान सवारी दुर्घटनामा घाईते भई काठमाडौंको बिएण्डबीमा उपचार गराई रहेका छन् । उनको उपचारका लागि जोखनीले ऋण खोजेर ल्याएको एकलाख ७० हजार रुपैँया पैसा घरमा राख्नुभएको थियो । त्यहि पैसा बिहीबार दिउँसो एम्बुलेन्सलाई दिएर पठाउनलाई निकाल्न जाँदा पैसा हराएको थाहा पाउनु भयो ।

पैसा हराएपछि जोखनीदेवीले शंकास्पद तीनजनाको नाम सहित प्रहरीलाई मौखिक जानकारी दिनुभएको थियो । सोही आधारमा सीमा प्रहरी चौकी छप्कैयाको प्रहरीले शंकास्पद व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरी चोरी गरेको पैसा फिर्ता नगरे कुकुर ल्याएर भएपनि चोर पत्ता लगाउने डर देखाएपछि हिजो बिहान जोखनीदेवीको घरको छानामा चोरी भएको पैसा मध्य एकलाख चालिस हजार रुपैंया जोखनीको घरमाथि छानामा भिजेको अवस्थामा फेला परेको थियो ।

शंकास्पद तीनजना मध्य दुईजनाले चोरी भएको पैसा भेटिएपनि आपूmहरुले गल्ती नगरेकोले बदनाम भएको भन्दै न्यायको माग गरेर छलफलका लागि बोलाएको थियो । सोही छलफलमा सन्दीप हजरा भन्ने युवाले पैसा चोरी गरेको समाजको अगाडि स्वीकार गरेका थिए । तर, उक्त छलफलमा वडा अध्यक्ष र प्रहरी दुवैको उपस्थिति भएनन् ।

जनप्रतिनिधि र सुरक्षाकर्मी नै उपस्थित नभएपछि जोखनीदेवीलाई थप १५ हजार दिएर बाँकी पैसा आजबेलुक सम्ममा दिने शर्तमा ती युवकलाई पनि छोडेको छ । चोरी गरेको स्वकारेपनि सीमा प्रहरी चौकी छपकैयाका प्रहरी नायव निरीक्षक विनोद राणाले दोषीलाई कारवाही नगर्दा स्थानीयवासी आश्चार्यमा परेका छन् । चोरीमा संलग्न व्यक्तिलाई कारवाही नगर्दा चोरी गर्नेहरुको मनोबल बढ्ने र थप चोरीका घटनाहरु बढ्नसक्ने चिन्ता स्थानीयमा छाएको छ ।

सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विनोद राणाले भने घटना विवरणको विषयमा जानकार दिन अनाकानी गरेका थिए । घटना भएको तिन दिन भईसक्दा पनि विस्तृत विवरण दिन आनाकानी गर्नुले प्रहरीको नियत माथि नै शंका उब्जिएको छ । स्थानीयहरुको भनाई अनुसार वडा चोरीको घटनामा संलग्न व्यक्ति वडा अध्यक्ष निकटको भएको र वडा अध्यक्ष छलफलमा उपस्थित नभएपछि प्रहरीले पनि केही गर्न नसेको बुझिएको छ ।     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.