logo

वीरगंजमा माघी महोत्सव भब्य हुने, थारु समुदायका बिभिन्न परिकार महोत्सवका मुख्य आकर्षण

 इसीमाना सम्वाददाता     २०७९ पौष ३० गते ०७: ५४ मा प्रकाशित     780   पटक पढिएको

थारु सम्बत २६४७ औं तथा माघेसंक्रान्तिको अवसरमा थारु समुदायले गत वर्ष झै यो वर्ष पनि “माघी महोत्सव” गर्ने भएको छ । वीरगंजको आदर्शनगर स्थित पुरनो वसपार्कमा यो वर्षको कार्यक्रम आयोजना हुने भएको छ ।

 

यो वर्ष न्यूज २४ टेलीभिजनले पनि कार्यक्रमको प्रत्यक्ष प्शारण गर्ने आयोजकले जानकारी दिएका छन । महोत्सवको आवश्यक तयार पुरा भएको अनिवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

थारु माघी समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा थारु समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । यस वर्ष माघी महोत्सवको आकर्षणका रुपमा थारु संस्कृति झलक्ने घाटो , झम्टा, सामाचकेवा, थारु पुर्बी नाच , थारु समुदायका बालबालिकाहरुद्वारा थारु गीतमा नृत्य , थारु कलाकारद्वारा कला प्रर्दशन , थारु विशेष परिकारमा घोङ्गी , गंगटो(कैकरा), माछा , परेवा,हास , कुखुरा ,चिचर , लाई , तिल रहने छन भने यसवर्ष महोत्सवमा मधेसी , नेवार , मैथिली तथा , मारवाडी समुदायकाका खानाका परिकार पनि राखिने कार्यक्रम संयोजक रामसुन्दर चौधरीले जानकारी दिए ।

 

महोत्सवमा गत वर्ष झै यो वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रम दिउसो साढे १२ बजेदेखी संचालन गरिने आयोजकले जनाएका छन । बिहानर साढे ११ बजे थारु संस्कृति र झाँकी सहित प्रभात फेरीको आयोजना गरिएको प्रचार संयोजक दीपेन्द्र चौधरीले जानकारी दिए । आयोजकले आम जनसमुदायलाई माघी महोत्सवमा आमन्तत्रण समेत गरेको छ ।

पत्रकार सम्मेलनमा ,सहसंयोजक शेखर चौधरी ,सास्कृतिक संयोजक बिजया ओझैया , रक्तदान संयोजक अजय चौधरी , मंच व्यवस्थापन संयोजक परमान्द चौधरी , प्रभात फेरि संयोजक अमय दास , अतिथि सत्कार संयोजक गौतम चौधरी , सुरक्षा संयोजक मनोज चौधरी रहेका छन् ।
पत्रकार सम्मेलन परमान्द चौधरीको सभापतित्वमा भएको थियो ।

 

कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य नन्दकिशोर पन्जियार , मेलमिलाप थारु परिवार पर्साका अध्यक्ष मनोज चौधरी , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , प्रकाश थारु , बिजया ओझैया, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु थारु लगायतकाको सहभागीता रहेको थियो ।


स्वागत मन्तव्य थारु कल्याणकारी सभा पर्साका सल्लाहकार अमय दासले र कार्यक्रम सन्चालन पुनम चौधरीले गरेकी थिइन । यो सगै थारु समुदायले पर्सागढी,सखुवा प्रसौनी, पटेर्वा सुगौली र जिराभवानीमा भब्यतापूर्व माघी समाराहेको आयोजना गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.