logo

पिसीआर मेशिन खरिद अभियानमा एक महिनाको पारिश्रमीक, सहयोग उपलब्ध गराउन सबैमा डा.यादवको अपिल 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1410   पटक पढिएको

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम एवं नियन्त्रण कोषमा आज प्रदेश सभा सदस्य डा. अन्जुकुमारी यादवले आफनो एक महिनाको पारिश्रमीक उपलब्ध गराउनु भएको छ । 

 शनिबार वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई महानगरपालिका कार्यालयमै गएर उहाँले  ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।


डा.यादवले कोरोना भाइरसको संक्रमण बिरुद्ध महानगरपालिकाले गरेको अगुवाईलाई हौसला प्रदान गर्न सहयोग राशी उपलब्ध गराएको बताउनु भयो । उहाँले जसले आफनो गच्छे अनुसार सकिन्छ यस्तो बेलामा सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

 

उहाँले यो अज्ञात शरु बिरुद्धको लडाई हो यसमा शत्रुले कसैलाई काखा कसैलाई पाखा नगर्ने कुरा बिचार गर्नै पर्ने बताउदै यो बेला सर्तकतापूर्वक मिलेर लडनुको बिकल्प नभएको बताउनु भयो ।

 

डा. यादवले केही दिन अघि आफनो सामाजिक संजाल बाट कोरोनाभाइरस परिक्षणका लागी पिसीआर मेसिन, भीटिएम किटलगयात स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नु भएको थियो । त्यही  घोषणालाई सार्थकता दिन  डा. यादवले आज सहयोग राशी हस्तान्तरण गर्नु भएको हो । 

नगरप्रमुख सरावगीले चेक बुझ्दै प्रदेशसभाबाट कोभिड कोषमा आफ्नो तलब सहयोग गर्ने सांसद् डा.अञ्जु कुमारी यादवलाई धन्यवाद दिनु भयो ।

 

उहाँले सबै सांसद्हरुले यसैगरी आफ्नो तलब सहयोग गरे महानगरपालिकाले देखेको सपना छिट्टै पूरा हुने बताउनु भयो ।

 

महानगर प्रमुख सरावगीले पिसीआर मेशिन र किट खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको परिक्षण गरेर बीरगंज सहित पर्सा जिल्लालाई ग्रिन जोनमा लाने र पेशा ब्यवसायहरु पूर्वत संचालनमा ल्याउने गरि यो अभियान शुरु गर्नु भएको हो । उहाँको यो अभियानमा पर्साका राजनीतिकदल ,नागरिक समाज सबैको सहयोग रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.