logo

ग्लोवल कलेजमा शैक्षीक प्रर्दशनी तथा सांस्कृति झाँकी प्रर्दशन, ब्यवहारिक ज्ञानले बिद्यार्थीलाई फाइदा पुग्ने

 इसीमाना सम्वाददाता     २०७९ माघ ७ गते ०८: ०९ मा प्रकाशित     1337   पटक पढिएको

वीरगंजमा रहेको ग्लोवल बिजनेश कलेजले ब्यवस्थापन बिषयमा शैक्षिक प्रदर्शनी समपन्न गरेको छ । कलेजले आयोजना गरेको शैक्षीक प्रर्दशनीको यो तेश्रो श्रृखंला  हो ।


वीरगंजको ग्लोबल विजनेश कलेजको आयोजनामा आयोजित वृहत व्यवस्थापन संकायका विषयवस्तु समेटिएको शैक्षिक प्रदर्शनी समपन्न भएको हो ।


११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा विभिन्न विषय वस्तु समावेश गरी प्रदर्शनी गरिएको थियो ।

No description available.
व्यवस्थापन भन्नाले लिने र दिने मात्र नभई यसभित्र थुप्रै विषयवस्तु भएकाले सहभागि विद्यार्थीहरुले शैक्षिक संस्था व्यवस्थीत, औधोगिक क्षेत्रमा प्रशोधन केन्द्र, वतावरणीय प्रभावको मूल्याकन, बिपद ब्यवस्थापनको आवश्यक तयारी, उत्पादनकाको लागत, बजारीकरण कर ।

 

उपभोक्ता सम्मको ब्ययभार र नाफा, कम्पनीमा ट्रायल व्यालेन्स र समाजमा रहेको नवरात्रीको बिषयमा प्र्रदशनी तथा झाँकी प्रस्तुत गरेका थिए । बिद्यार्थीले विभिन्न बैंकहरुले प्रदान गर्ने कर्जा त्यसको सहुलियत र साहु महाजनबाट कर्जा लिदा उत्पन्न हुने समस्याका बारेमा लघु नाटक मार्फत प्रर्दशन गरेका थिए ।

No description available.

कार्यक्रममा मधेश बिश्व बिद्यालयका उपकुलपती प्रा.डा. दीपक शाक्यले समाजको बिकासमा शिक्षाको महत्व अत्यधिक रहेको चर्चा गर्दै वीरगंजमा अध्ययनरत सबै बिद्यार्थीलाई राम्रो शिक्षा दिन आवश्यक रहेको बताए । उनले शैक्षीक प्रर्दशनीले बिद्यार्थीको शिकाई प्रक्रियामा सकारात्मक प्रभाव पानेृ बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंहले प्रर्दशनी शान्दार रहेको बताए । उनले केही कमजोरी भएपनि प्रर्दशनी तारिफेकाविल रहेको बताए।

 

उनले किताबी ज्ञान भन्दा बाहिरको ज्ञान कुनैपनी शैक्षिक संस्थामा अति आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको भन्दै उनले खुशी ब्यक्त गरे ।

प्रदर्शनी अवलोकनकर्ता नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य के.सी.लामिछानेले कमर्स क्याम्पसमा प्रदर्शनी हुनु आफैमा फरक विषय रहेको बताउनु भयो ।


औधोगिक तथा व्यापारीक शहरमा थुप्रै उधोगहरु छन् जहाँ एउटापनी उधोगले वाटर ट्रिटमेन्ट प्लान्ट लगाएका छैनन् तर यहाँका विद्यार्थीहरुले त्यसको आवश्यक्ता बुझेर प्रदर्शनीमा राखेको उनले टिप्पणी गरे । प्रदर्शनीमा ब्यवस्थापन कला सीप र क्षमता देखिएको उनले बताए । कलेजमा बिद्यार्थी फरक समुदायवाट अध्धयनकालागि आएका छन ,बिविधता छ यस्तोमा सबै खालको संसकृतिलाई बुझने अवसर कलेजले प्रदान गरेर संस्कति आदान प्रदानको दुतको रुपमा कलेजले काम गरेको उनले बताए । देशको भूगोल जनजीवन त्यसको सवल र कमजोर पक्षका बारेमा बिद्यार्थीले बुझ्ने गरि प्रर्दशनीको ब्यवस्थापन गरिएकोमा कलेज र बिद्यार्थीको प्रशंसा गर्नु पर्ने उनले बताए ।

No description available.
बदलिदो परिवेशमा व्यवहारिक शिक्षाले नै विद्यार्थीहरुलाई दक्ष र सिपमुलक बनाई समाजमा जिवन यापन गर्नकोलागि यस्ता कार्यक्रमले सक्षम बनाउने कलेजका संचालक ओम प्रकाश श्रेष्ठले बताए ।

 

यसैगरी अर्का संचालक अशोक सरार्फले अबको शिक्षा किताब भन्दा बाहिर आउनुपर्ने बताए । कार्यक्रममा एन ब्यापसनका जिल्ला अध्यक्ष राम श्रेष्ठ, नन्दन यादव ,डा. मनोज गुप्ता मधेश बिश्व बिद्यालयका सिनेटर डा. लक्ष्मी थापा, डा. अशोक दास निभा दास, वीरगंज सामुदायिक आँखा केन्द्रका संयोजक महेश सिंह धामी दिलिप राज कार्की, महेश सिंह धामी, लगायतको सहभागिता रहेको कलेजका संचालक श्रीराम दासले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.