logo

सशस्त्र प्रहरी दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम ,३ जना महिला सहित १ सय १ जनाले रक्तदान

 इसीमाना सम्बाददाता      २०७९ माघ ८ गते ०४: १७ मा प्रकाशित     571   पटक पढिएको

वीरगंज/ सशस्त्र प्रहरी स्थापनाको २२ औ दिवसको अवसरमा सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मानवीय कार्य अन्र्तगत कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणपती सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले बताए ।

No description available.

कार्यक्रममा ३ जना महिला सहित १ सय १ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रमिता चौधरी, इन्द्रपरी सरार्फ, बबिता पासवान लगायत रहेको राजन श्रीवास्तवले जानकारी दिए । त्यस्तै हरेराम सर्राफ,सितेश गुप्ता, बिशाल पटेल लगायतले रक्तदान गरेका थिए ।

 May be an image of 6 people, people standing, military uniform and outdoors

कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्धघाटन गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, नेपाल प्रहरीका पर्साका प्रमुख कमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने फोनीजका केन्द्रीय सदस्य निरज पिठाकोटे, कमल चौगाई दीलीपराज कार्की वीरगंज सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी सामाजिक अभियान्ता प्रकाश थारु  लगायतको सहभागिता रहेको थियो ।

No description available.

२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा गणले सप्ताहव्यापी कार्यक्रम नै संचालन गरिरहेको निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.